बाढी प्रभावित क्षेत्रमा गृहमन्त्री जाँदै
१ साउन काठमाडौ । अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोले विस्थापित र प्रभावित क्षेत्रका पीडितहरूको स्थितिबारे जानकारी लिन गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको एक टोली बढी प्रभावित क्षेत्र तर्फ लागेको छ ।
गत बिहीबारदेखि शुरू भएको वर्षाले देशका विभिन्न ठाउँमा आएको बाढीले विभिन्न जिल्लाका गरी हजारौ घरपरिवार विस्थापित हुन पुगको छ ।
सरकारले बाढीमा फेसकाहरूको उद्दार र राहतका कार्यक्रम तत्काल शुरू गरिसकेको छ । गृहमन्त्री बादलले बाढी प्रभावित क्षेत्रमा पुगेर उनीहरूको उद्दार र राहत कार्यको अवस्था के कस्तो रहेको हो त्यसबारे जानकारी लिन एक टोलीको नेतृृत्व गरी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सँगै अन्य मन्त्रीहरु पनि बाढी प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया