अधिकृत पुँजी १० अर्ब भएको सरकारी निर्माण कम्पनी दर्ता

अधिकृत पुँजी १० अर्ब भएको सरकारी निर्माण कम्पनी दर्ता

काठमाडौ । नीजी क्षेत्रका कम्पनीले निर्माण कार्यमा ढिलाइ गरेको देखेर सरकारले आफ्नो निर्माण कम्पनी खोलेको छ ।

सार्वजनिक महत्वका निर्माण परियोजना सम्पन्न हुन ढिला हुने गरेको र त्यसले पाउने प्रतिफलबाट जनता  बञ्चित हुने गरेको भन्दै सरकारले  कम्पनी रजिस्ट्रारको कार्यालयमा नेपाल पूर्वाधार निर्माण कम्पनी (एनआइसीसी) दर्ता गराएको छ ।

सरकारलाई तत्काल आवश्यक हुने परियोजनामा क्रियाशील निर्माण कम्पनीहरूले बोलकबोल गरी लिएको निर्माण परियोजना समयमै सिध्याउने गरी काम गर्ने र सरकारका परियोजनाहरू समयमा पूरा हुने अपेक्षा गरिएको छ ।

एनआइसीसीले मुख्यरूपमा सुरूङ निर्माण र ठूला ठूला निर्माण परियोजनामा आफ्नो सक्रियता बढाउनेछ । तर यो क्पनीले सरकारका सबै किसिमका निर्माण कार्य पूरा गर्नेछ ।

कम्पनीको अधिकृत पुँजी १० अर्ब रूपैयाँ रहेको छभने जारी पुँजी ३ अर्ब रूपैया बराबर छ ।

यसको संस्थागत शेयरधनीहरूमा अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय , जलस्रोत तथा सिचाईँ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय रहेका छन् ।

यो कम्पनीको कुल शेयर ७५ लाख रहेको छ ।

यो कम्पनीको बार्ड अफ डाइरेक्टरमा ऊर्जा मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र शहरी विकास मन्त्रालयका प्रतिनिधिहरू संस्थापक शेयरधनीको रूपमा रहेनेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र खानेपानी मन्त्रालयका प्रतिनिधिहरू पनि रहनेछन् ।

सन् १९६१मा राष्ट्रिय निर्माण कम्पनी नेपालको स्थापना नभएको होइन तर घाटा लागेपछि सन् २०१०मा बन्द गरिएको थियो ।