किन बसे सरोज खनाल राष्ट्रपति निवासको ट्वाइलेट कमोडमा ?

किन बसे सरोज खनाल राष्ट्रपति निवासको ट्वाइलेट कमोडमा ?

काठमाडौं । गत शुक्रबार चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा सहभागी हुने क्रममा अभिनेता सरोज खनाल शौचालयको कमोडमा बसेको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ  ।
तस्वीर बाहिरिएसँगै राष्ट्रिय अवार्डलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणी हुन थालेका छन् । सरोजको उक्त तस्वीरले देशलाई नै लज्जित बनाएको भन्दै कलाकर्मीले सामाजिक सञ्जालमा टिकाटिप्पणी गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उनकै निवासमा बाँडिएको ०७३, ०७४ र ०७५ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा बस्ने ठाउँ नभएर कलाकार शौचालयको कमोडमा बस्न बाध्य भएको भन्दै सरोजले तस्वीर पोष्ट गरेका थिए । 

उनले सामाजिक सञ्जालमा यस्तो पोष्ट गरेका छन् :

उक्त तस्बिरका कारण आयोजक विकास बोर्डप्रति कलाकर्मीले समाजिक सञ्जालबाट आक्रोस पोखिरहेका छन् । राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण समारोहको बारेमा अभिनेता सरोज खनालको फोटो र फेसबुक प्रतिक्रिया बारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बोर्डले जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै बोर्डले अभिनेता सरोज खनालको उक्त तस्वीर कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको जनाएको छ ।