अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'रंगभेदी' अभिव्यक्तिप्रति सांसदहरुद्वारा खेद पारित

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'रंगभेदी' अभिव्यक्तिप्रति सांसदहरुद्वारा खेद पारित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिला सांसदलाई दिएको विवादास्पद अभिव्यक्तिको सांसदहरुले कडा रुपमा निन्दा गर्दे खेद पारित गरेका छन् ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरूले राष्ट्रपति ट्रम्पले चार जना महिला सांसद्प्रति लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिको विरोध स्वरुप यस्तो निर्णय गरेका हुन् । 

ट्रम्पले शृङ्खलावद्ध रूपमा ट्वीट गर्दै चार जना प्रतिपक्षी डेमोक्र्याट सांसदहरूलाई ’पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै पुरानै स्थानमा फर्किन भनेका थिए ।

तर ट्रम्पले आफ्नो भनाइ विभेदकारी नभएको भन्दै बचाउ गर्दै आएका छन् । उक्त प्रस्तावमा ट्रम्पको अभिव्यक्ति विभेदकारी भएको र त्यसले डर एवम् घृणालाई वैधता दिएको छ ।