मानिसले हल गरेको भन्दा कम समयमा एआईले ‘पजल’ हल ग-यो 

मानिसले हल गरेको भन्दा कम समयमा एआईले ‘पजल’ हल ग-यो 

काठमाडौ । समस्याहरूको जटिल जालो ‘पजल’ हल गर्ने प्रतिस्पर्धामा मानिसलाई कृत्रिम बौद्धिकता(एआई)मा आधारमा तयार पारिएको मेसिनले धेरै कम समयमा हल गरी अग्रता कायम गरेको छ ।

क्यालिफोर्निया युनिभर्सिटीमा एक नयाँ एआई प्रणाली तयार गरिएको छ । त्यो प्राणालीको एआईले रबिक्स क्युबको पजल हल गरे मानिसको क्षमतालाई पछाडि पारेको हो ।  

एआईले यो पजलको हल एक सेकेन्ड भित्रै गरेको छ भने मानिसलाई यो पजल हल गर्न ३.४७ सेकेन्ड लागेको रेकर्ड छ ।

नेचर मसिन जर्नलमा प्रकाशित अनुसन्धानका आधारमा एआई सिस्टममा पजलका १० अर्ब संयोग(कम्बिनेशन) सामेल गरिएको थियो ।यसको आधारमा एआईले ३० पटकको गतिविधि भित्रै हल गर्न सक्ने क्षमता प्राप्त गरेको छ ।

यसको एक हजार पटक परीक्षण गरिएको छ । जुन क्युबमा मानिसको क्षमतालाई परीक्षण गरिन्छ त्यही परीक्षणमा एआईलाई सामेल गरी एक हजार पटकको परीक्षणबाट यो नतिजा प्राप्त गरिएको हो ।

यो परीक्षण विधि १९७४मा बनाइएको थियो । मानिसलाई यो क्युबको पजल हल गर्न कम्तीमा ५० पटक गतिविधि गर्नुपर्छ भने एआईले यसलाई औसत २९ देखि ३० गतिविधिमा हल गर्न सक्छ ।

यसअघि पनि एआईले मानिसको भन्दा कम समयमा यस्ता पजलको हल निकाल्ने गरेको थियो । अहिले अझ बढी स्मार्ट एआईको निर्माण भइरहेको छ ।  

यसले गर्दा मानिसको समस्या समाधान गर्न एआई बढी प्रभावकारी हुनेछ ।