मुम्बई आक्रमणका गुरूयोजनाकार भनिएका हाफिज सईद गिरफ्तार
काठमाडौ । पाकिस्तानको प्रहरीले मुम्बाई आक्रमणका गुरूयोजनाकार भनिएका हाफिज सईदलाई गिरफ्तार गरेको छ ।
लाहौरबाट गुजरावाला गइरहेका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो । पाकिस्तानको पंजाब प्रान्तका मुख्यमन्त्री कार्यालयका अनुसार सईदलाई गुजरावालाबाट पक्राउ गरिएको हो ।
सईदले प्रतिबन्धित संगठनहरूका लागि रकम जम्मा गर्ने आरोप लगाइएको छ ।
पाकिस्तानको सरकारले गत मार्चमा आतंकवाद विरोधी कानुन १९९७ अन्तर्गत हफिजको संगठन जमात दाबा र फलाह ए इन्सानियतमाथि प्रतिबन्ध लगाएको थियो ।
सरकारले उनलाई न्यायिक हिरासतमा राखेको जनाइएको छ ।
अन्य समाचार एजेन्सीहरूका अनुसार उनलाई कुन कुन अभियोग लगाउने त्यो तय भइसकेको छैन् ।
पाकिस्तानका विभिन्न संगठनहरूमाथि प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय दबाब बढदै गएपछि विभिन्न संगठनहरूमाथि प्रतिबन्ध लगाइएको थियो ।
अमेरिकाले सईदलाई विश्वको आंतकवादी सूचीमा सामेल गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सईदको गिरफ्तारी प्रति पाकिस्तानको प्रशंसा गरेका छन् ।
अमेरिकाले सईदमाथि १ करोड अमेरिकी बराबरको पुरस्कार घोषणा गरेको थियो ।
प्रतिक्रिया