कोशी र बागमतीले ३३ वर्षयता सर्वाधिक क्षति गरेको  बिहारी मुख्यमन्त्रीको दाबी

कोशी र बागमतीले ३३ वर्षयता सर्वाधिक क्षति गरेको  बिहारी मुख्यमन्त्रीको दाबी

काठमाडौ । नेपालसँग जोडिएको भारतीय प्रान्त बिहारका मुख्यमन्त्री नितिश कुमारले गत साताको अविरल बर्षाले कोशी नदी र बागमती नदीको क्षेत्रमा पर्ने उत्तरी बिहारका १२ जिल्लामा बाढी ल्याइएको दाबी  गरेका छन् ।

चार घन्टा हेलिकप्टरमा बसेर बाढी प्रभावित क्षेत्रको हवाई सर्वेक्षण गरी मुख्यमन्त्री नितिशले बिहार विधान सभालाई बाढीबाट भएको क्षतिको अनुमान प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले  यो पटकको बाढीले १९८७यता सबैभन्दा बढी क्षति पु¥याएको जनाए । यसबाट दुई नदीले चर्चेका क्षेत्रमा भारी बर्षाका कारण ४ सय प्रतिशत भन्दा बढी क्षति भएको छ ।

१२ जिल्लाका ७८ ब्लकका ५५५ पञ्चायत डुबानमा परेको हो । बाढीले धेरै पुल ध्वस्त भएको र ३३५ सडक दर्जनौं ठाउँमा भत्केको छ ।

राजधानी पटन र नेपाललाई जोडने कतिपय सडकहरूको आवागमन अवरूद्ध भएको छ ।

मुख्यमन्त्री नितिशले  सब लाख भन्दा बढी बाढी प्रभावित व्यक्तिहरूका लागि बासको व्यवस्था गरिएको र १९९ उद्धार शिविरहरू सञ्चालनमा रहेको जनाएका थिए ।

औपचारिकरूपमा २४ जनाको ज्यान गएको भनिएपनि अनौपचारिकरूपमा ५० जना भन्दा बढी मानिसको ज्यान गएको छ ।

सन् १९८७मा कोशी ब्यारेज भन्दा बढी पानी यो पटक निकालिएको छ । यसैगरी पुर्णिया र किशनगन्ज जिल्लामा महानन्दा नदीका कारण बाढी आएको छ ।

यसैगरी सारन, शिवहर र सीतामढी जिल्लामा बाढीले जनजीवन प्रभावित पारेको छ ।

मोतीहारी र पश्चिमी चम्पारणका क्षेत्रमा घुँडासम्म जलमग्न भएको जनाइएको छ ।