चीनले युद्धक पानी जहाज श्रीलंकालाई उपहार दियो 

चीनले युद्धक पानी जहाज श्रीलंकालाई उपहार दियो 

काठमाडौ । हिन्द महासागरमा प्रभुत्व कायम गर्ने उद्देश्यले चीनले श्रीलंकासँगको सैन्य सम्बन्ध गहिरो पारिरहेको  देखिएको छ ।

उदीयमान चीनले अमेरिकी वर्चस्वलाई यस क्षेत्रबाट विस्तारै घटाउँदै लाने योजना अन्तर्गत श्रीलंकासँगको सम्बन्ध विस्तारलाई जोड दिएिको हो ।

चीन र श्रीलंकाबीचको सैन्य सम्बन्ध गहिरिदै गएको संकेत हालै चीनले श्रीलंकालाई दिएको एक युद्धक पानी जहाज दिएबाट प्रस्ट भएको छ ।

यसका अतिरिक्त चीनले श्रीलंकालाई नयाँ प्रकारको ९वटा  डिजल ट्रेन दिने घोषणा गरेको छ । गतसाता चीनले दिएको फ्राइगेट ‘पीसिक्सटव्ेन्टीफाइभ’ कोलोम्बो पुग्यो । 

श्रीलंकाको विद्रोही समूह टाइगर इलम विरूद्धको लडाईमा प्रमुख भूमिका निर्वाह गरेको  यो युद्धक पानी जहाज चीनले श्रीलंकालाई उपहार दिएको हो ।

यो पानी जहाजले श्रीलंकाको सामुद्रिक किनाराको निगरानी गर्नेछ । चिनियाँ जलसैनिकले दुई महिने पेशागत तालिम श्रीलंकाली सेनालाई दिएको चीनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो तालिममा ११० श्रीलंकाली सेनाको सहभागीता थियो ।

चीनले श्रीलंकाको हम्बान्टोटा बन्दरगाह  लीजमा लिएको छ ।