ड्रोनको विश्वबजार आगामी दशकमा १४ अर्ब डलर पार गर्ने

ड्रोनको विश्वबजार आगामी दशकमा १४ अर्ब डलर पार गर्ने

काठमाडौ ।  विश्वव्यापीरूपमा गैर सैनिक प्रयोजनको ड्रोन बजार १४.३ अर्ब अमेरिकी डलर भन्दा बढीको रूपमा विस्तार हुने देखिएको छ ।

चीनका उत्पादकहरूको वर्चस्वले गर्दा आगामी दशकमा अहिलेको भन्दा तीन गुना भन्दा बढीको बिक्री ड्रोन बजारमा हुने देखिएको छ ।

तर अमेरिकी अधिकारीहरूले यसलाई राष्ट्रिय सुरक्षाका लागि जोखिम बढाउने चेतावनी दिएका छन् ।

यो वर्ष यो बजार ४.९ अर्ब अमेरिकी डलर बराबरको रहेको अनुमान गरिएको छ ।

अमेरिकाको हवाइ नियामक संघीय उड्डयन प्रशासनले ड्रोनलाई अनुमति दिएको र वाणिज्य उद्योगले यसलाई प्रयोगमा ल्याएता देखिएको बिक्री आँकलनका आधारमा यो अनुमान गरिएको छ ।

टील ग्रुपले गरेको यो हवाई अध्ययन गरेको हो ।

अमेरिका र अमेरिकाका नीजी कम्पनीले चिनियाँ कम्पनीका ड्रोनहरूले गम्भीर प्रकृतिका डेटा र फुटेज चिनियाँ सरकारलाई पु-याउने चिन्ता व्यक्त गरेका छन् ।

विश्वको व्यापारिक बजारमा चिनियाँ उत्पादनका ड्रोनहरूको हिस्सा तीन चौथाइ रहेको छ ।

गत मे महिनामा अमेरिकाको गृह सुरक्षा विभागले चिनियाँ ड्रोनबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम थपिएको जनाएको थियो ।

ड्रोन बनाउने कमपनी डीजेआईले यस्तो आरोपलाई निराधार र भ्रमपार्ने खालको रहेको प्रतिवाद गरेको छ ।

आफूले बनाएको ड्रोनको डेटाहरूमाथिको पूर्ण नियन्त्रण ग्राहकहरूमा हुने गरेको कम्पनीका प्रवक्ताले जनाएका छन् ।

ड्रोनहरूको प्रयोग औद्योगिक र निर्माण क्षेत्रको सर्वेक्षणका लागि गर्ने गरिएको पाइएको छ ।

निर्माण, ऊर्जा र खानी क्षेत्रका प्रसारण लाइन लगायतका काममा ड्रोनले सघाउने गरेको छ ।

ड्रोनले खेतमा बिउ छर्ने , खेतमा हुने उब्जनीको अनुमान जस्ता काम पनि गर्ने गरेको छ ।

सन् २०१७मा अमेरिकी सेनाले डीजेआईले बनाएका ड्रोनको प्रयोगलाई रोकेको थियो ।

राष्ट्रिय प्रतिरक्षा प्राधिकरण कानुनमा  चिनियाँ ड्रोनको प्रयोग विषयमा रोक लगाएका प्रावधान समावेश गरिएको छ ।

क्यालिफोर्निया आधारित कम्पनी केइपले ड्रोनका सफ्टवेयर बिक्री गर्ने गर्छ ।

यसले विभिन्न कानुन कार्यान्वय गर्ने नियोगलाई सफ्टवेयर बिक्री गर्ने गरेको छ ।

उसले डीजेआइ र अन्य चिनियाँ कम्पनीहरूसँगको सम्बन्ध रोक्ने जनाएको थियो ।