फेसबुकको लिब्रा ल्याउने योजनालाई ठूलो धक्का
काठामाडौ । अमेरिकी सांसदहरूले फेसबुकले ल्याउन खोजेको क्रिप्टोकरेन्सी‘लिब्रा’ योजनालाई ठूलो धक्का दिएका छन् ।
फेसबुकले विश्वको वित्तीय प्रणाली र ग्राहकका डेटालाई सुरक्षा प्रदान गर्ने विश्वासिलो आधार उपलब्ध गराउन नसकेको बताउँदै उनीहरूले फेसबुकको ‘लिब्रा’योजनालाई तुहाइदिने गरी धक्का दिएका छन् ।
कम्पनीले इन्टरनेट मुद्राको रूपमा बुझिएको क्रिप्टोकरेन्सीको रूपमा लिब्रा ल्याउन लागेको घोषणा गरेको थियो । सन् २०२०मा फेसबुकले लिब्रा ल्याउन खोजेको हो ।
यो नयाँ डिजिटल मुद्रो हुने उसले जनाएको थियो ।
फेसबुकका २ अर्ब ३८ करोड मानिस उपभोक्ता रहेका छन् ।
डिजिटल मुद्रालाई उनीहरूले अंगीकार गर्ने अपेक्षा गरिएको भएपनि सांसद र वित्तीय प्रणालीको निगरानी गर्ने नियामक निकायहरूले फेसबुकको लिब्रा योजनाको कठोर आलोचना गरेका छन् ।
अमेरिकी सदनको वित्तीय सेवा समितिकी अध्यक्ष म्याक्सिन वाटर्सले फेसबुकको डिजिटल मुद्रा र डिजिटल वालेटको निर्माण योजनामा गम्भीर आंशका रहेको आफ्नो प्रारम्भिक सम्बोधनमा भनिन् ।
उनले भनिन् “ फेसबुकको यो योजना सफल भए कम्पनी र यसका साझेदारहरूले आर्थिक शक्ति कब्जा गरी मुद्राहरू र सरकारहरूलाई हल्लाइ दिन सक्छन् ।”
समितिका सदस्यहरू पनि लिब्रा ल्याउने समस्याको समाधान, डेटाको गोप्यनीयता, ग्राहको संरक्षण र सम्पत्ति शुद्धीकरणका समस्याबारे फेसबुकले कुनै ठोस योजना प्रस्तुत नगरेको भनेर आलोचना गरे ।
लिब्रामाथिको संसदीय सुनुवाईका क्रममा तनावको स्थिति पैदा गराएको थियो ।
फेसबुकमाथि ग्राहका डेटालाई सुरक्षा प्रदान नगरेको र उपभोक्ताको डेटाको अनुचित प्रयोग गरेको आरोप लागेको छ ।
अमेरिकी राष्ट्रपति चुनाव २०१६मा रूसीहरूले गरेको हस्तक्षेपलाई फेसबुकले रोक्न नसकेको जस्तो आरोप रहेको छ ।
फेसबुकले आफ्नो वालेट क्यालिब्राले मात्र आवश्यकता परेको बेला फेसबुक र बाह्य पार्टीसँग डेटा साझ गर्ने जनाएको छ ।
प्रतिक्रिया