अमेरिकी सेनाले  इरानी ड्रोन मार हानी खसायो

अमेरिकी सेनाले  इरानी ड्रोन मार हानी खसायो

काठमाडौ । अमेरिकी युद्धक पानी जहाजले इरानको एक ड्रोनलाई मारहानी खसाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित एक प्रेस सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।

९सय मिटर नजिक आएको इरानी ड्रोनलाई अमेरिकी सेनाको युद्धक पानी जहाज युएसएस बक्सरले प्रतिरक्षामा मार हानी खसाएको हो । 

इरानी ड्रोनले पटक पटक दिएको चेतावनीलाई अटेर गरेकोले बाध्य भइ मार हान्नु परेको राष्ट्रपति ट्रम्पले जनाए ।

अमेरिकासँग आफ्नो र आफ्नो जवान र अमेरिकी स्वार्थहरूको रक्षा गर्न पाउने अधिकार रहेको बताउँदै ट्रम्पले यो जानकारी दिए ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघमा इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफले पत्रकारहरूलाई यो घटनाबारे आफूलाई जानकारी नभएको बताए ।

उनले भने “ म हाम्रा सैनिक अधिकारीहरूबाट यसबारे जानकारी प्राप्त गर्ने प्रयास गरिरहेको छु।”