अमेरिकी दबाब हुँदाहुँदै हुवावेइ फाइभजीको दौडमा अगाडि 

अमेरिकी दबाब हुँदाहुँदै हुवावेइ फाइभजीको दौडमा अगाडि 

काठमाडौ । अमेरिकी दबाब हुँदाहुँदै फाइभ जीको दौडमा चिनियाँ कम्पनी हुवावेइले विश्वका ५० देश भन्दा बढी देशसँग सम्झौता गर्न सफलता पाएको छ ।

हुवावेइका बरिष्ठ उपाध्यक्ष क्याथरिन चेनले जनाए अनुसार  हुवावेइले ती मध्ये २८ सम्झौता युरोपमै भएको छ ।

अमेरिकाले ती देशहरूमाथि निरन्तर दबाब दिइरहेका बाबजुत फाइभ जी नेटवर्क विस्तार गर्ने व्यापारिक सम्झौत ागर्न हुवावेइले सम्झौता भएको हो ।

जुनमा हुवावेइले साउदी अरबमा फाइभ जीको व्यापारिक सञ्जाल स्थापना गर्न सहयोग गरेको थियो ।

अमेरिका ,क्यानाडा र न्युजील्यान्डले लगाएको बाधाका बाबजुद कम्पनी रूसी बजारमा प्रवेश गरेको छ ।

सन् २०१८मा हुवावेइले पहिलो फाइभजी टर्मिनल ल्याएर यसलाई पहिलो फाइभजी सञ्जालको रूपमा विश्वव्यापी बनाउने घोषणा गरे लगतै अमेरिकी दबाब बढेको थियो ।

वासिंटनले हुवावेइका उपकरणहरूले चिनियाँ सरकारका लागि जासुसी गरेको र यो राष्ट्रिय सुरक्षामा खतरा भएको आरोप लगायो ।

यो आरोपलाई खण्डन गरेको हुवावेइ नेटवर्कलाई रोक्न अमेरिकाले दबाब जारी राख्यो ।

अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासन हुवावेइलाई निषेध गर्ने दबाबको अमेरिकी गठबन्धनका देशहरूले समेत विरोध गरेका थिए ।

अस्ट्रेलिया र जापानले हुवावेइलाई रोक लगाए पनि अन्य देशले साथ दिएको छ ।

बेलायत र स्पेनले हुवावेइको फाइभ जीलाई व्यापारिक प्रयोगमा ल्याइसकेको छ ।

यो साता ब्राजिलले पनि चिनियाँ प्रविधिलाई सञ्चालन दिन नरोक्ने जनायो ।