भारतसँगको सम्बन्ध सुधार्न ट्रम्प आफै आउँदै

भारतसँगको सम्बन्ध सुधार्न ट्रम्प आफै आउँदै

काठमाडौ । भारतसँगको व्यापार र अतिरिक्त भन्सार शुल्कसम्बन्धी विवाद समाधान गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफै भारत आउन लागेका छन् ।

यो वर्षको नोभम्बर वा नयाँ वर्ष जनवरीमा ट्रम्प नयाँ दिल्ली आउने भएका हुन् ।

पछिल्ला केही समय यता भारत र अमेरिकाबीचको दुई पक्षीय सम्बन्धमा व्यापार र अतिरिक्त महशुलको विषयले समस्या उत्पन्न गरेको छ ।

राष्ट्रपति ट्रम्पको भारत भ्रमण अघि यी दुई देशका अधिकारीहरूबीच  धेरै छलफल हुनुपर्ने देखिएको छ ।

यी दुई देशबीचका अधिकारीहरूबीचको छलफल भइरहने क्रममा भारतका वाणिज्यमन्त्री पियुष गोएल अमेरिकाको भ्रमण गर्ने भएका छन् ।

अमेरिकी नेतृत्वको सैनिक संगठन नेटोको सदस्य राष्ट्रको हैसियत दिनिे अमेरिकी सदन सिनेटको निर्णयले भारतलाई इन्डो प्यासिफिक क्षेत्रमा आफूतिर मिलाउन प्रयास अनुरूप गरिएको देखिएको छ ।

अमेरिका र भारतनबीच रूसबाट एस ४०० हतियार खरिद गर्ने  र इरानको तेल आयात गर्ने जस्ता विषयमा दुई देशबीच गम्भीर छलफल भइरहेको छ । 

गत वर्ष भारतको गणतन्त्र दिवसको अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्प आउन सकने अपेक्षा गरिएको थियो । गत वर्षको भ्रमण यस वर्ष हुन सक्ने देखिएको छ ।