नेपाल र भुटान भारतको भाग ट्रम्प बुझाइ

 नेपाल र भुटान भारतको भाग ट्रम्प बुझाइ

नेपाल र भुटान भारतीय भाग भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बुझाइ सार्वजनिक भएको छ ।

फिल्म स्टार र सेलिब्रेटीहरूबाट यस्ता गल्ती हुन सक्ने भए पनि विश्वको सर्वाधिक शक्तिशाली राष्ट्रका सर्वाधिक शक्तिशाली व्यक्तिको बुझाइ यस्तो भए यो गम्भीर विषय भएको सञ्चार माध्यमहरूले टिप्पणी गरेका छन् ।

ट्रम्पको बुझाइमा हिमाली देश नेपाल र भुटान भारतको भाग हो भन्ने रहेको टाइम म्यागेजिनको शनिबार फेब्रुअरी २ को अंकमा उल्लेख गरिएको छ ।

दक्षिण एसियाली क्षेत्रबारे आवश्यक जानकारी दिन ट्रम्प समक्ष उनका सल्लाहकार नक्शा लिएर पुगेका बेला ट्रम्पको यो बुझाइ रहेको फेला प¥यो ।

उनले त्यतिबेला भने “ नेपाल त भारतीय भूभाग होइन र ?” 

ट्रम्पको त्यो बुझाइलाई सच्याउँदै  ती सल्लाहकारले भने “ हैन् नेपाल स्वतन्त्र देश हो ।”

यो सन्दर्भ टाइम म्यागेजिनले उल्लेख गरेको हो । गत वर्ष अगस्ट महिनामा ट्रम्पले नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ भनेका थिए ।

यो उच्चारण ट्रम्पले सन् २०१७ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीमा भनेको उल्लेख छ ।