विप्लव समूहले लियो धनगढी घटनाको जिम्मा, घाइतेहरुको पार्टीले उपचार गर्ने (विज्ञप्तिसहित) 

विप्लव समूहले लियो धनगढी घटनाको जिम्मा, घाइतेहरुको पार्टीले उपचार गर्ने (विज्ञप्तिसहित) 

काठमाडौं ।  बिहीबार साँझ कैलालीको धनगढी उपमहानगरपालिका–४ मा भएको शक्तिशाली बम विस्फोटको जिम्मा सरकारद्वारा प्रतिबन्धित विप्लव समूहको नेकपाले लिएको छ । 

उक्त बिस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका छन् ।

नेकपा धनगढीले शुक्रबार बिज्ञप्ति जारी गर्दै निलम होटलमा भएको घटना प्राविधिक गढबढीको कारण बम विस्फोट भई सिर्जित भएको जनाएको छ । 

सुदूरपश्चिम कमान्डअन्तर्गत सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएका हुन् ।

विज्ञप्तिमा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा पार्टी कार्यकर्ता रामबहादुर सिंह ’राजेश’को मृत्यु भएको भन्दै उनलाई एकीकृत जनक्रान्तिको शहीद घोषणा गरिएको उल्लेख छ । 
घटनामा घाइते भएकाहरुको पार्टीले उपचार गर्ने जनाईएको छ ।