प्रहरीका असई नै बलात्कारी भएपछि...

प्रहरीका असई नै बलात्कारी भएपछि...

रौतहट, ३ साउन । प्रहरी नै बलात्कारी भएपछि समाजमा महिला, बालिका तथा आम नागरिक कोबाट सुरक्षित हुने? पछिल्लो पटक समाजका रक्षक भनिएकाहरु नैं भक्षक भएपछि देशका बिभिन्न भागका जनता त्रसित बन्दै गएका छन् । यसको पछिल्लो उदाहरण हो रौटहटको बलात्कार घटना ।

जबर्जस्ती करणी गरेको आरोप लागेपछि रौतहटका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा प्रहरीका असई राजेन्द्र साहलाई पक्राउ गरेको हो ।

२० वर्षीय युवतीलाई बलत्कार गरेको आरोपमा पीडितका आफन्तले प्रहरीमा उजुरी दिएपछि असई साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

बारा जिल्ला महागढिमाई नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालय मकबानपुरमा कार्यरत असई साहलाई असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा २० बर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।  

पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट जबर्जस्ती करणी गरेको आरोपमा अनुसन्धान अघि बढाइएको जनाइएको छ ।