सिके राउतको जनमत पार्टीमा भाँडभैलोः कार्यकर्ताबीच नै गाँड कोराकोर 

सिके राउतको जनमत पार्टीमा भाँडभैलोः कार्यकर्ताबीच नै गाँड कोराकोर 

३ साउन । सिके राउत नेतृत्वको जनमत पार्टीको संस्थागत रुप नबन्दै भाँडभैलो र गुटबन्दी सुरु भएको छ । सिके राउतले नै पार्टीमा भाँडभैलो र गुटवन्दी सुरु भएको आफ्नो मुहार पुस्तिकामा स्वीकार्दै कार्यकर्तामाथि फरमान जारी गरेका छन् ।
यो फरमान हेर्दा लाग्छ जनमत पार्टीमा भाँडभैलो, गुटवन्दीसंगै नेता कार्यकर्तामा गाँड कोराकोर पनि सुरु भएको छ । पार्टीलाई राउतको जिम्दारी यथावत राख्न उनकै मुहार पुस्तिकामा कुनै मिलिट्याण्ट पार्टीमा जस्तो सूत्रवद्ध फरमान हिन्दी र नेपाली भाषामा जारी गरिएको छ, जुन यसप्रकार छ:

‘भाँडभैलो’ और गूटबंदी करनेवाले, फायदा के लिए नाम प्रयोग करने वाले और गद्दारों को स्थान न दें ।

जो लोग संगठन या डा. सीके राउत के खिलाफ निरन्तर दुष्प्रचार, काम या षड्यन्त्र कर रहे हैं, या जो गूटबंदी और भाँडभैलो करने जिला जिला देश विदेश जाते हैं या सभीको फोन करते हैं, या जो लोग अपने फायदा के लिए हमारा और संगठन का नाम प्रयोग करते हैं, या जो संगठन से पहले ही अलग हो चुके हैं, उन्हें संगठन के की किसी बैठक, कार्यक्रम व भेटघाट में स्थान न दें, उन्हें संगठन के कोई सम्पर्क या प्लेटफार्म प्रयोग करने ना दें, या उन्हें किसी तरह से संगठन में जगह ना दें । अन्यथा जगह देने वाले भी कारबाही के भागीदार होंगे । 

कार्यकर्तालाई अनुशासनको सात डण्डा :

जनमत पार्टीको विधानमा अनुशासन सम्बन्धी व्यवस्थाः अनुशासनको कारबाही

जनमत पार्टीमा अनुशासन उलंघन गर्ने कार्यकर्तालाई मुख्य सात डण्डा अनुसार कार्वाही हुने उल्लेख छ । त्यसमध्ये डण्डा (क) मा १५ अपराध गर्नेलाई सोझै कार्वाही गर्ने उल्लेख छ । यसरी नै ख, ग, घ, ङ, च र छ डण्डामा पनि कार्वाहीका विशेष व्यवस्था गरिएको छ ।

(क) देहायको अवस्थामा कुनै पनि सदस्य वा समितिहरूलाई अनुशासनको कारबाही हुन सक्नेछ :

१. पार्टीको वैधानिक ब्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेमा,

२. पार्टीको निर्णय खुला रुपले उल्लङ्घन गरेमा,

३. पार्टी भित्र गूटबंदी वा षड्यन्त्र गरेको प्रमाणित भएमा,

४. पार्टीको नीति, नियम, निर्णय र कार्यक्रमहरुको विरोधमा सार्वजनिक अभिव्यक्ति दिएमा वा दुःस्प्रचार गरेमा,

५. पार्टी र नेत्तृत्व प्रति निष्ठा र विश्वास नरहेको प्रमाणित भएमा,

६. पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको प्रमाणित भएमा,

७. पार्टीको नाम, छाप, लेटरप्याड, सदस्यता रसिद वा पदको नाम बिना आधिकारिकता प्रयोग गरेमा वा कुनै पनि तरीकाले दुरुपयोग गरेमा,

८. बिना आधिकारिकता (आधिकारिक समितिको निर्णय र आधिकारिक अनुमति बिना) कसैसँग सदस्यता शुल्क, चंदा, लेवी वा अन्य आर्थिक लाभ उठाएमा,

९. पार्टी समितिको गोपनियता बदनियतले भङ्ग गरेमा,

१०. पार्टीको जिम्मेवारीमा रहँदा पार्टीको निर्णय र निर्देशन विपरीत कार्य गरेमा,

११. माथिल्लो समितिले दिएको निर्देशनलाई पटक(पटक अटेरी गरेमा वा लिएको जिम्मेबारी पटक(पटक पूरा गर्ने तत्परता न देखाएमा

१२. पार्टीद्वारा सञ्चालित आन्दोलन र कार्यक्रमको विपक्षमा रहेमा वा विरोधीहरुसँग साँठगाँठ गरेमा,

१३. अनैतिक वा भ्रष्ट क्रियाकलाप गरेको प्रमाणित भएमा,

१४. पदीय आचरण वा पार्टी प्रतिष्ठाको विपरीत आर्थिक अनुशासनहीनता वा कुनै अन्य गतिविधिमा संलग्न भएको प्रमाणित भएमा,

१५. पार्टीको विधान वा नियमावलीमा सदस्यहरूले पालन गर्नु पर्ने भनी उल्लेखित कर्तव्यको उल्लङ्घन गरेमा,

(ख) कारबाही गर्दा गल्तीको गम्भीरता हेरी कुनै पनि रुपको कारबाही प्रयोग गर्न सकिनेछ । गल्तीको प्रकृति र परिणाम हेरी सदस्यको हकमा सम्बन्धित समितिले लिखित वा मौखिक रुपमा स्पष्टीकरण माग्ने, आलोचना गर्ने, लिखित रुपमा आत्मालोचना गराउने, चेतावनी दिने, पद वा सदस्यताबाट निलम्बन गर्ने, क्रियाशील सदस्यबाट नै हटाउने र पदमुक्त गर्ने गरी कारबाही गर्न सक्नेछ ।

(ग) निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश समितिको हकमा अनुशासन उल्लङ्घन गर्ने समिति सदस्यलाई अनुशासनको कारबाही गर्ने अधिकार सम्वन्धित समितिको सिफारिसमा केन्द्रीय अनुशासन समितिलाई हुनेछ । वडा समितिको हकमा सम्वन्धित पालिकाले र पालिका समितिको हकमा सम्बन्धित जिल्ला समितिले कारबाही अगाडि बढाउने छ ।

(घ) कुनैपनि समिति वा सदस्यले आफूलाई तोकिएको दायित्व र जिम्मेवारी पालन नगरेमा समितिको हकमा माथिल्लो समितिले विघटन गर्न सक्ने छ र सदस्यको हकमा सम्बन्धित समितिले ठोस आधार तथा कारण खुलाई एक पद घटुवा गर्न सक्ने छ ।

(ङ) पार्टी अनुशासनको कारबाही भोगिरहेका क्रियाशील सदस्यले कारबाही अवधिभर पार्टीको कुनै पनि तह र जन(प्रतिनिधिमूलक निकायको निर्वाचनमा उम्मेदवारी दिन सक्ने छैनन् ।

(च) विशेष परिस्थितिमा केन्द्रिय अनुशासन समितिले तोकेको प्रक्रियाको अधिनमा रही कुनै पनि क्रियाशील सदस्य र समिति उपर कारबाही गर्न सक्नेछ ।

(छ) पार्टी निर्णयको अवज्ञा गरेमा वा पार्टी हित र प्रतिष्ठामा आँच पु¥याउने काम गरेमा, जन प्रतिनिधिहरूको हकमा पार्टी केन्द्रिय समितिले निर्वा्चित भएको तहबाट हटाउने सम्मको कारबाही गर्न सक्नेछ ।