विप्लवका उपत्यका ब्युरो इन्चार्ज माइला लामा प्रहरीको कब्जामा

विप्लवका उपत्यका ब्युरो इन्चार्ज माइला लामा प्रहरीको कब्जामा

काठमाडौं ।  प्रहरीले विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई हिरासतमा लिएको छ ।

काठमाडौंको काँडाघारी क्षेत्रबाट लामालाई प्रहरीले गए राती पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार विशेष सूचनाका  आधार उनलाई गए राती १२ देखि १ बजेको बीचमा पक्राउ गरिएको हो ।

लामासँगै रेशम तामाङ पनि पक्राउ परेको जनाइएको छ  ।

राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको प्रहरीको आशंका छ ।

विप्लव समूहभित्रको एक प्रभावशाली नेताको रूपमा लामालाई  मानिन्छन् । 

राजधानीका विभिन्नस्थानमा भएका  तीन स्थानमा बम विस्फोटन  ६ जनाको ज्यान गइसकेको हो ।

गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल टावर लक्षित बम विस्फोटमा एकको मृत्यु  २ जना घाइते भएका थिए । 

गत जेठ १२ गते राजधानीको अनामनगर घट्टेकुलो र सुकेधारामा भएका बम विस्फोटमा ५ जनाको मृत्यु भएको थियो ।

सो विस्फोटनमा पार्टीकै कार्यकर्ताको मृत्यु भएको पुष्टि भएको थियो । 

तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष काठमाडौं सीतापाइलाका  लामा २०६४ मा  निर्वाचनमा भाग लिएका थिए । 

एकीकृत माओवादी विभाजन भएपछि मोहन वैद्य हुँदै विप्लव समूहमा लामा आवद्ध भएका थिए ।

फागुन २८ गते सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएयता सो समूहका शीर्ष नेतासहित ५०० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।