अदालतले भारतीय प्रधानमन्त्री मोदीको चुनाव रद्द गर्ला र ?

अदालतले भारतीय प्रधानमन्त्री मोदीको चुनाव रद्द गर्ला र ?

काठामाडौ । सम्पन्न लोकसभा निर्वाचनमा उम्मेदवारी रद्द गरिएका तेज बहादुर यादवले दायर गरेको ऊजुरी उपर सुनुवाई हुँदा प्रधानमन्त्री नरेन्द्र  मोदीलाई २१ अगस्त हुने सुनुवाईका दिन उपस्थित हुन सूचना जारी गरिएको छ ।

इलाहाबाद उच्च अदालतले प्रधानमन्त्री मोदीलाई यस्तो सूचना जारी गरेको हो । सीमा सुरक्षा बल(बीएसएफ)का सिपाही यादव सम्पन्न निर्वाचनमा बनारसको मोदीले चुनाव जितेको क्षेत्रबाट उम्मेदवारीका लागि मनोनय पत्र दाखिला गरेका थिए ।

उनको मनोनय पत्रलाई निर्वाचन आयोगले रद्द गरेको थियो ।

सीमा सुरक्षा बलका पूर्व सिपाही यादवले मोदीले जितेको बनारस चुनाव क्षेत्रको चुनावलाई चुनौती दिँदै इलाहाबाद हाईकोर्टमा ऊजुरी दायर गरेका हुन् ।

न्यायाधीश  एमके गुप्ताको बेन्तले यो मामिलाको सुनुवाइ २१ अगस्तम ागर्ने आदेश दिएका छन् । 

समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका तेज बहादुरको उम्मेदवारी नामांकन पत्रलाई रद्द गरिएको थियो ।  

सीमा सुरक्षा बलबाट बेइमान वा भ्रष्टाचारको अभियोग लगाइ नहटाइएको प्रमाण पत्र नबुझाएकाले मनोनयन पत्र खारिज गरिएको थियो ।

यादवले अदालतमा दायर गरिएको ऊजुरीमा निर्वाचन आयोगल आफ्नो मनोनयन गलत तरिकाबाट खारिज गरिएको दाबी लिएका छन् ।

यादवका वकीलले नामांकन रद्द गर्न अघि यादवलाई उचित सुनुवाईको अवसर उपलब्ध नगराइएको बताए ।

वकीलको दाबी सुनेपछि बेन्चले प्रधानमन्त्री मोदीका नाउँमा सूचना जारी गरिएको हो ।