संक्रमणलीन न्यायसम्बन्धी आयोगहरूका पदाधिकारीहरूको सिफारिश साउन मसान्त सम्म हुने

संक्रमणलीन न्यायसम्बन्धी आयोगहरूका पदाधिकारीहरूको सिफारिश साउन मसान्त सम्म हुने

काठमाडौ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरूको मनोनयनका लागि साउन मसान्तसम्म सिफारिश हुने देखिएको छ ।

सिफारिश समितिका  सदस्यहरूका अनुसार सम्भावित ५७ जनाको नाम दुई आयोगका लागि पठाइएको छ । समितिले उनीहरू मध्येबाट छनौट गरी सिफारिश गर्ने छ ।

समितिले नेपाली सेना, नेपाल प्रहरी, पूर्व विद्रोही समूह , द्वन्द्व पीडित र अन्तर्राष्ट्रिय समुदाय सबै पक्षलाई मान्य हुने व्यक्तिलाई दुई आयोगका अध्यक्षमा  सिफारिश गर्नुपर्ने  जिम्मेवारी बोध गरेको समतिका सदस्य प्रकाश वस्तीले धारणा सार्वजनिक गरेका हुन् ।

यस्ता व्यक्तिको छनौट नभए समितिले फेरि गर्नुपर्ने काम पूरा गर्न नसक्ने चिन्ता व्यक्त गरिएको छ ।

संक्रमणकालीन न्यायका लागि यसअघि विभिन्न ठाउँमा गठित संयन्त्रहरूको नेतृत्व उच्च तहका विश्वसनीय व्यक्तित्वहरूको अगुवाइमा भएको देखिएको छ ।

दक्षिण अफ्रिका, पूर्वी टिमोर र अधिकांश द्वन्द्वग्रस्त देशको व्यवहार यस्तै देखिएको वस्तीको भनाइ छ ।

संक्रमणकालीन न्यायका नाममा देशभित्र राजनीतिक बढी भएको यसबारे सार्वजनिक भएका समाचारहरूबाट देखिएको छ ।

न्यायलाई पाखा लगाउन नहुनेमा सबै पक्ष देखिएपनि केही पक्षले द्वन्द्व पीडितहरूको वकालत गरी देशका सबै राजनीतिक दल, शक्ति सञ्चालनका सुरक्षा निकाय लगायत प्रमुख नियोगहरूका सबै जसो अगुवाहरूलाई बन्दी बनाइ राजनीतिक रिक्तताको अवस्था सृजना गर्न खोजेको आरोप पनि सार्वजनिक भइरहेका छन् ।

यी सबै विषयलाई ध्यान दिएर संक्रमणकालीन न्यायको खोजी नगरिए यो विषय त्यसै हल हुने नदेखिएको चिन्ता पनि व्यक्ति गरिएको छ ।