नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाडौं, ५ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।
पार्टीका बिभिन्न विभाग र त्यसका इन्चार्जहरुको आजको बैठकले टुंगो लगाउने सचिवालय श्रोतले झिल्कोलाई बतायो ।
नेकपामा स्कुल विभागका बारेमा विवाद छ । पूर्व एमालेले ईश्वर पोखरेलको नाम अगाडि सारेको छ भने पूर्व माओवादीले नारायणकाजी श्रेष्ठको नाम अघि सारेको छ ।
नेकपाको संगठन विभागमा वामदेव गौतम, अन्तर्राष्ट्रिय विभागमा माधवकुमार नेपाल र नीति अध्ययन प्रतिष्ठानमा झलनाथ खनाल प्रमुख हुने जनाइएको छ । अन्य विभागमा भने व्यक्तिहरुको टुंगो लाग्न बाँकी छ ।
प्रतिक्रिया