नेकपाको सचिवालय बैठक सम्पन्न, यस्ता छन् निर्णय...
काठमाडौं ५ साउन । सत्तारुढ दल नेकपाको आइतबार बसेको सचिवालय बैठक सकिएको छ ।
बैठकले ७७ जिल्ला र ६ वटा महानगरपालिकाका इन्चार्ज र सह–इन्चार्ज टुङ्गो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उधृत गर्दै अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा 'जुगल'ले जनाएका छन् ।
बाँकी आयोग, विभाग लगायतका एकताका काम यही साउन ७ गते एक बजे पार्टी कार्यलय धुम्बाराहिमा वस्ने बैठकले टुंगो लगाउने पनि उनले जनाए ।
प्रतिक्रिया