अर्को निर्वाचनबाट देश बाहिर मतदानको व्यवस्था हुनेमा आंशका

अर्को निर्वाचनबाट देश बाहिर मतदानको व्यवस्था हुनेमा आंशका

काठमाडौ । देशबाहिर मतदान गर्न पाउने व्यवस्था गर्न नयाँ कानुन बनाउन सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन आउन नसकिने देखिएको छ ।

अर्को निर्वाचनबाट देश बाहिर मतदान गर्न पाउने व्यवस्था गर्न नयाँ कानुन बनाउन सर्वोच्चको आदेश हो ।

निर्वाचन आयोगले यसबारे ठोस  योजना तय गर्न सकेको छ ।

देश बाहिर मतदान गराउन सक्ने सम्भावना अध्ययन प्रतिवेदनको तयरीमा आयोग जुटेको छ ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालको नेतृत्वमा गठित कार्य सञ्चालन समितिले यसको प्राविधिक प्रतिवेदनको अन्तिम रूप दिने भएको छ ।

 निर्वाचन आयोगका संयुक्त सचिव गिरिजा शर्माले नेतृत्वामा  देश बाहिर मतदान गराउने विषयमा सम्भावना अध्ययन प्रतिवेदन तयार गरिएको थियो ।

प्रतिवेदनका अनुसार देश बाहिर हुने मतदानमा मतदान प्रतिशत धेरै कम हुने देखिएको छ ।

अनलाइन मतदान सम्भव भएनि यसको व्यवस्थापन लागत धेरै ठूलो हुने औल्याइएको छ ।

इन्टरनेटको प्रयोग गर्न नजानेका विदेशमा बस्ने मतदाताले अनलाइन प्रणालीबाट फाइदा लिन  नसक्ने देखिन्छ । 

सरकारले देश बाहिर मतदान गर्न व्यवस्था गर्ने कानुन बनाए भारतीय शहरहरूमा मतदानको व्यवस्था गर्नुपर्ने हुन्छ ।

अन्यदेशको तुलनामा नेपालीहरूको संख्या ठूलो छ ।

कानुन ,न्याय तथा संसदीय मामिलासम्बन्धी मन्त्रालयका पदाधिकारीहरूका अनुसार सरकारले सर्वोच्चको अदालतलाई सम्मान गरी यसबारे कानुन बनाउने छ । 

प्रतिवेदनमा सहभागीहरूका अनुसार विदेशमा मतदानको व्यवस्था गराउन लाग्ने खर्च ठूलो भएको तर त्यसको प्रतिफल न्यून भएकाले तत्काल सम्भव हुन नसकने देखिएको छ ।