बंगलादेशलागि जुट सुन बन्दै

 बंगलादेशलागि जुट सुन बन्दै

काठमाडौ । बंगलादेशका लागि उसको जुट सुन बन्ने देखिएको छ । पर्यावरणको अनुकूल हुनेगरी प्लास्टिकको झोलाजस्तै जुटबाट झोला तयार गर्ने अनुुसन्धान बंगलादेशी वैज्ञानिकले गरेपछि जुट बंगलादेशका लागि सुन हुने भएको देखिएको हो ।

भारत पछि बंगलादेश जुट उत्पादन गर्ने देशहरूमा विश्वको दोस्रो ठूलो उत्पादक हो । जुटको माग घटेपछि घाटा बेहोरेको बंगलादेशले अब यस्तो झोला तयार पारी नगद  कमाउन सक्ने भएको छ ।

बंगलादेशका वैज्ञानिकहरूले जुटको फाइबरबाट वातावरणमा आफै नासिएर जान सक्ने सस्तो लागतमा सेलुलोज सिट तयार पार्ने तरिका पत्ता लगाएका छन् ।

यसले प्लास्टिकको झोलालाई विस्थापन गर्न र पर्यावरण संरक्षण गर्न बल पुग्ने विश्वास गरिएको छ ।

यो वस्तुको भौतिक गुण प्रयोगमा रहेका प्लास्टिकको वस्तुजस्तै रहेको वैज्ञानिक सल्लाहकार मुबारक अहमद खानले बताए । उनले यसलाई बंगाली शब्द सोनाली भनेर व्यक्त गरेका छन् ।

जुटको यो झोला तीन महिना माटोमा पुरिएर राख्दा आफै नास भएर जान्छ र यसको पुनप्र्रयोग  गर्न सकिन्छ ।

प्रयोगका आधारमा बंगलादेशले दैनिक २ हजारको दरले झोला तयार गरिएको हो ।

व्यापारिकरूपमा यसको ठूलो परिमाणको उत्पादन जापानको हरित पोका बनाउने फर्मको बेलायती कम्पनीसँग सम्झौता भएपछि हुने छ ।

बंगलादेशी सरकारले ९लाख अमेरिकी डलर बराबरको रकम ठूलो परिमाणमा उत्पादन बढाउन गत अप्रिलमा त्यहाँका जलवायु परिवर्तन ट्रस्टबाट उपलब्ध गराएको थियो ।

सन् २००२मा प्लास्टिक र पोलिथिनको झोला प्रयोगमा बन्देज लगाउने बंगलादेश पहिलो देश बनेको थियो । तर यो बन्देल प्रभावकारी हुन सकेको थिएन् ।

अहिले प्लास्टिकका झोलमा प्रतिबन्ध लगाउने चीन देखि फ्रान्ससम्मका ६० भन्दा बढी देश रहेका छन् ।

हरेक महिना  बंगलादेशको राजधानी ढाकामा ४१ करोड पोलिथिन झोलाको प्रयोग हुन्छ ।