बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

बैतडी, ८ साउन । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

बुधबार दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको गरेको ग १ ज ५२२४ नम्बरको रातो प्लेटको बोलेरो जिप बुधवार बिहान ४ बजे बैतडीको पाटन नगरपालिका ८ स्थित आरुबाट भीरमा खसेको हो ।

जिप आरुबाटा भिरबाट करिब पाँचसय मिटर तल खसेको छ । दुर्घटाना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पाटनमा इन्सपेक्टर गिन्द्र बोगटीले जानकारी दिए ।

दुर्घटनामा ईश्वर नागारीको मृत्यु भएको छ भने हिक्मत साउद र पुष्कर नागारि घाईते भएका छन् । घाईते मध्ये पुष्करको अवस्था गम्भीर रहेको छ । प्रहरीले घाईतेको उद्धार गरी डडेल्धुरा अस्पताल पर्याएको छ । 

जिपमा सवार तिनै जाना दार्चुलाको महाकाली नगरपालिका ९ दत्तूका रहेको प्रहरीले जानकारी दिएको छ ।