अविरल वर्षापछि हेटौँडाका ५ र १० वडाका बस्तीहरु डुवानमा 

अविरल वर्षापछि हेटौँडाका ५ र १० वडाका बस्तीहरु डुवानमा 

हेटौंडा, ८ साउन । अविरल वर्षापछि खोलामा आएको बाढी गाउँमा पसेपछि हेटौंडा उपमहानगरपालिकाको वडा नं. ५ र १० का केही बस्ती डुबानमा परेका छन् । 

उपमहानगरको गर्दोही, शान्तिनगर, पिप्ले क्षेत्र डुबानमा परेको हो । प्रभावितहरु सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति भने नभएको मकवानपुर प्रहरीले जनाएको छ ।