लमजुङ्गको दोर्दी खोलामा बाढी, ४ मजदूरको मृत्यु ११ बेपत्ता
लमजुङको दोर्दी खोलामा आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। बाढीमा परी अपर दोर्खी एको पावर हाउसका लागि काम गरिरहेका मजदूरहरुको मृत्यु भएको हो। बेपत्ता हुनेमा पनि सोही आयोजनाका लागि खटिएका कामदार रहेको बताइएको छ ।
बाढी एक्कासी आएको स्थानीयले बताए, उक्त ठाउमा पानी परेको पनि थिएन र निसंकोच मजदुर काम गर्दै थिए । प्राप्त जानकारी अनुसार अहिलेसम्म ४ जनाको शव निकालिएको छ भने ११ जना हराइरहेका छन् । उनीहरुको खोजी भइरहेतापनि मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । निर्माणको अन्तिम चरणमा रहेको जलविद्युत आयोजनामा विभिन्न ठेकेदार कम्पनीका कामदारहरु खोलामै काम गरिरहेका थिए।
करिब ३ सय कामदार कार्यरत रहेकोले घटना हुँदाका वखत कति कामदारहरु त्यहाँ थिए र बाढीले को कस्लाई बगायो भनेर रुजु गर्ने काम भइरहेको छ । नेपाली सेनाको टोली उद्दारका लागि पुगेको छ भने साँझ झमक्क भइसकेकाले उद्दारमा कठिनाइ भएको छ ।
प्रतिक्रिया