नेपाली दूतावासहरू वित्तीय अनियमिततामा संलग्न
काठमाडौ । विदेशमा देशको छवि राम्रो पार्न तथा कुटनीतिक सम्बन्धको विस्तार गर्न निर्माण भएका नेपाली कुटनीतिक दूतावासहरू वित्तीय अनियमिततामा संलग्न रहेको देखिएको छ ।
एक संसदीय समितिले यस्ता कुटनीतिक मिसनहरू वित्तीय र प्रशासकीय अनियमिततामा संलग्न रहेको पाएको छ ।
सार्वजनिक लेखा समितिले जर्मनी, बेलायत, फ्रान्स, साउदी अरब र ओमानका नेपाली दूतावासहरूको अनुगमन गरेको थियो ।
समितिको अनुगमनमा यस्तो देखिएको हो । असार ९देखि १९गतेसम्म गरिएको यो अनुगमनबाट समितिले यस्तो नतिजा निकालेको हो ।
यो टोलीले दूतावासको भौतिक पूर्वाधार, आम्दानी र खर्चको व्यवस्थापन, बजेट विनियोजन तथा कार्यान्वयन र मानवसंशाधनको व्यवस्थापन लगायतका विषयमा टोलीले अनुगमन गरेको थियो ।
सांसद भरत कुमार शाहको नेतृत्वमा गठित टोलीको सचिव रोजनाथ पान्डेय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सम्मिति टोलीले अनियमितता भएको पाएको छ ।
साउदी अरब, फ्रान्स, जर्मनी, बेलायतका दूतावासहरूको सञ्चालन अनियमति तबरले सञ्चालन भइआएको देखिएको हो ।
संसदीय स्रोतका अनुसार समितिले यो प्रतिवेदन सक्दो छिट्टो सार्वजनिक गर्नेछ ।
प्रतिक्रिया