टिकटोकमा भिडियो अपलोड गर्ने महिला प्रहरी निलम्बित

टिकटोकमा भिडियो अपलोड गर्ने महिला प्रहरी निलम्बित

काठमाडौ । टिकटोकमा भिडियो अप लोड गर्ने बानीका कारण एक महिला पुलिस कारबाहीमा परेकी छिन् । 

भारतको लांघणज पुलिस थानमा कार्यरत महिला प्रहरी अर्पिता चौधरीलाई निलम्बन गरिएको छ ।

डियुटीको बेला थानामा रहेको बन्दीगृह अगाडि उभिएर  ‘मौसम की तरह... तू बदलता ..’बोलको गीतमा भिडियो बनाएर टिकटोकमा अपलोड गरेपछि उनलाई निलम्बन गरिएका ेहो ।

महेसाणा जिल्लाका मुख्य प्रहरी अधिकारीले उनलाई निलम्बन गरे । महिला प्रहरीले आफ्नो अपलोडेड  भिडियो डिलिट गरेकी छिन् । 

यो भिडियो दुई दिनमा १२ हजार भन्दा बढीले लाइक गरेर भाइरल हुन पुगेको थियो ।

यो भिडियो प्रहरी अधिकारीसमक्ष पुगे लगतै उनलाई निलम्बन गरिएको थियो ।

टिकटोकमा भिडियो अपलोड गर्ने बानी परेका ले यस्तो गरेको बुझिएको छ ।

यसअघि पनि उनले १५ भन्दा बढी भिडियो अपलोड गरेकी थिइन् ।