आज डाकिएको नेकपाको सचिवालय बैठक किन भयो स्थगित ? 

आज डाकिएको नेकपाको सचिवालय बैठक किन भयो स्थगित ? 

काठमाडौं, ९ साउन । सत्तारुढ दल (नेकपा) को बिहीबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको स्मृति दिवस र विभागहरुको नेतृत्वको विषयमा गृहकार्य पूरा नहुँदा बैठक स्थगित भएको हो । 

यही साउन ५ गते बसेको सचिवालय बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्ज तोकेको थियो । सोही बैठकले विभागहरुको नेतृत्व टुंग्याउने बताइए पनि ७ गतेका लागि बैठक स्थगित गरिएको थियो । तर उक्त दिन पनि बस्न नसकेको बैठक आजका लागि डाकिएको थियो । 
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।