प्यालेस्टाइनद्वारा  इजरायलसँगको सबै सम्झौता खारेज

 प्यालेस्टाइनद्वारा  इजरायलसँगको सबै सम्झौता खारेज

काठमाडौ ।प्यालेस्टानी राष्ट्रपति महमूद अब्बासले इजरायलसँग भएका अहिलेसम्मका सबै सम्झौता अनिश्चितकालसम्मका लागि खारेज गरेको घोषणा गरेका छन् ।

पश्चिम किनारामा रहेका घरहरूमा बुलडोजर लगाइदिएपछि राष्ट्रपति अब्बासले शुक्रबारदेखि लागु हुने गरी यस्तो घोषणा गरेका हुन् ।

दक्षिणपूर्व जेरूसलममा वडी हुम्मुस क्षेत्रमा रहेका प्यालेस्टाइनीहरूको घरमा इजरेली सरकारले बुल्डोजर लगाएर ध्वस्त पारेपछि अब्बासको यो प्रतिक्रिया सार्वजनिक भएको हो ।

 रमल्लाहमा प्यालेस्टाइनी बरिष्ठ नेताहरूसँग को छलफल पछि अब्बासले भने “प्यालेस्टाइनीहरू न्याय र बृहत शान्तिका लागि आफ्ना हात खुला राखेका छन् तर यसको अर्थ सहअस्तित्वका साथ रहेको बसोबासको स्थितिलाई परिवर्तन गर्न तयार छैनौं ।”

यो कदमको युरोपियन युनियनले पनि विरोध गरेको छ । युरोपियन युनियनले यसलाई शान्तिमा बाधा भने र टिप्पणी गरेको छ ।