ऊर्जा बैठक गर्न भारतले किन गरिरहेको छ ढिलाई ?

ऊर्जा बैठक गर्न भारतले किन गरिरहेको छ ढिलाई ?

काठमाडौ । भारतले नेपालसँगको ऊर्जा बैठकमा ढिलाइ गर्न खोजेको देखिएको छ ।

दुई देशबीच हुने सचिवस्तरीय नेपाल भारत ऊर्जा बैठकको मिति अझ ओझेलमा देखिएको छ ।

दुई पक्षीय ऊर्जा बैठकमा भारतीय पक्षको सहमति महत्वपूर्ण भएको तर भारतबाटै अझसम्म मिति तोक्न सहमति नभएको ऊर्जा मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

बुटबल गोरखपुर सीमापार नयाँ प्रसारण लाइनको कार्यान्वयन र वित्तीय मोडालिटीबारे छलफलको एजेन्डा भएपनि बैठकको मिति नै ओझेलमा परेको छ ।

६३ करोड अमेरिकी डलर बराबरको  नेपाल र अमेरिका मिलेनियम च्यालेन्स कोरपोरेशनको मुख्य भाग रहेको यो विषय रहेको छ ।

नेपालसँगको सम्बन्धलाई भारतले तत्काल अनदेखा गरेको भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको औपचारिक भेटवार्ताका लागि भारतको विदेशमन्त्रालयले महत्व नदिएको देखिएको थियो ।

सामान्यरूपमा हप्ता दश दिनमा नेपाली राजदूतसँग विदेशमन्त्रीसँगको औपचारिक भेटघाट हुने गरेको एक महिना बितेपनि विदेशमन्त्रालयले फोनसम्म नगरेको देखिएको थियो ।

दुई देशबीचको अर्को बैठक भारतको बंगलोरमा जुन महिनामा  गर्ने निर्णय भएको थियो ।