विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेका छौँः प्रचण्ड

विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेका छौँः प्रचण्ड

काठमाडौं, १० साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायसहितको समृद्धि निर्माण गरेर आफ्नो पार्टीले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको बताएका छन् । 

समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारा अघि सारेको पनि उनले प्रष्ट पारे । 

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘एशिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा’ को दुई दिने सम्मेलनको उद्घाटन गर्दै उनले समाजवाद निर्माणका लागि क्युवाको कम्युनिष्ट पार्टीले खेलेको भूमिकाको प्रशंशा गरे । क्युबा एउटा राष्ट्र मात्रै नभएर विश्वका कम्युनिष्टहरुको आर्दश भूमि पनि भएकाले त्यसबाट सिकेर विश्वका कम्युनिष्ट पार्टीहरुले आफूलाई अघि बढाएको पनि उनले बताए । 

सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाईं विश्वभरकै कम्युनिस्टहका लागि आर्दश बनिरहने दावी गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले पनि जनताको विश्वास जितेर दुई तिहाई बहुमतको बलियो सरकार बनाएको बताए ।