आफ्नो देश फर्की जाऊ भन्दै अमेरिकामा सिख धर्मगुरूमाथि हातपात

आफ्नो देश फर्की जाऊ भन्दै अमेरिकामा सिख धर्मगुरूमाथि हातपात

काठमाडौ । अमेरिकाको क्यालिफोर्नियास्थित सिख धर्मको धार्मिकस्थल गुरूद्वाराका धर्मगुरूमाथि नश्लीय भेदभाव र हातपात गरिएको छ ।

हातपात गर्ने समूहले भारतीय मूलका धर्मगुरू अमरजीत सिंहको घरमा पसेर घर तोडफोड गरेको थियो । धर्मगुरू सिंहका अनुसार सो समूहले आफ्नो देश फर्की जाऊ भनेर धम्की समेत दिएको  छ । 

अमेरिकामा अल्पसंख्यक र आप्रवासीहरू विरूद्ध यस्ता वारदात हुने गरेका छन् ।

हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिपक्षी डेमोक्रेटका चार अश्वेत महिला सांसदहरूलाई आ–आफ्ना देश फर्की जाउ भनेर टिप्पणी गरेका थिए ।

नश्ल र रंगभेद नीतिको ट्रम्पले प्रोत्साहन गरेको आरोप प्रत्यारोप अमेरिकी राजनीतिक वृतमा भइरहेका बेला सिख धर्मको गुरूमाथि यस किसिमको वारदात सार्वजनिक भएको हो ।