चीनबाट पार्ट मगाए आयात शुल्कमा छुट नमिल्ने भन्दै ट्रम्पले एप्पललाई थर्काए
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई चीनबाट पार्ट मगाए आयात शुल्कमा छुट नमिल्ने भनेर थर्काएका छन् ।
एप्पलले आफ्नो नयाँ स्मार्टफोन म्याक प्रोका पार्टहरू चीनबाट मगाउने योजना बनाएका बेला ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।
ट्रम्पले एप्पललाई अमेरिकामै स्मार्टफोनका पार्टहरूको उत्पादन गर्ने काम गर्न भनेका छन् ।
यसबारे एप्पलका प्रमुख कार्यकारी टिम कूकसँग भेटेर समस्या समाधान गर्ने पनि उनले जनाए ।
अमेरिका र चीनबीच आयात शुल्क बृद्धि गर्ने गरी व्यापार युद्ध जारी रहेको छ । दुई देशबीच यो विवाद सुल्झाउने छलफल भएपनि समाधान हुन सकेको छैन् ।
एप्पलको म्याक प्रो भर्सनको असेम्बलिङ चीनमा गर्ने समाचार सार्वजनिक भएको हो ।
एप्पल, डेल। एचपी, इन्टेल, माइक्रोसफ्ट र सोनी जस्ता टेक कम्पनीले ट्रम्प प्रशासन समक्ष अतिरिक्त महशुलको सीमा बाहिर आफ्ना उत्पादनलाई राख्नुपर्ने आग्रह गरेका थिए ।
चीनमा बनाइएका हार्डवेयरको आयातमा अतिरिक्त आयात शुल्कमा छुट दिन पर्ने माग उनीहरूले गरेका थिए ।
ट्रम्पका अनुसार चीनले आगामी राष्ट्रपति चुनावसम्म व्यापार सम्झौता गर्न चाहेको देखिएको छैन् ।
उनले भने “ आफू फेरि चुनाव जितेर आउन नसके चीनले डेमोक्रेट्ससँग सजिलो सम्झौता गराउन सक्छ भन्ने चाहना लिएको छ ।”
उनले चीनले सम्झौता गरे नगरे केही फरक नपर्ने पनि बताएका थिए ।
प्रतिक्रिया