तामाकोशीको क्षमता घटाएर सम्झौता 

तामाकोशीको क्षमता घटाएर सम्झौता 

काठमाडौ । तामाकोशी तेस्रो  जलविद्युत परियोजनाको पहिलोको क्षमता घटाएर २सय मेगावाट क्षमतामा सम्झौता गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयले तामाकोशी तेस्रोका लागि यस्तो खाले सम्झौता गरेको हो ।

शुुरूमा सरकारले ६५० मेगावाट क्षमताको परियोजना बनाउने गरी सम्झौता निर्माण गरेको थियो ।

दुई चिनियाँ कम्पनीहरूले नेपाली कम्पनी टिबीआई होल्डिङ्ग्ससँग मिलेर ५० करोड अमेरिकी डलर बराबरको लगानी गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री वर्षमान पुनको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भयो ।

परियोजनाको सर्वे लाइसेन्स गैर आवासीयहरूको संगठन एनआरएनका अध्यक्ष भवन भट्टको स्वामित्वमा रहेको टिबीआइलाई दिएयो ।

सिन्हवा समाचारका अनुसार वाइइआइजी इन्टरनेशनल, संघाइ इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट कम्पनी लिमिटेड र टिबीआई होल्डिङग्सबीच बिहीबार एक संयुक्त सम्झौता भएको हो ।

ऊर्जामन्त्री पुन र दक्षिणपश्चिम युनान प्रान्तका भाइस गभर्नर झाङ गुहुवाको नेपाल विद्युत नियमन आयोगका अधयक्ष तथा अन्य अधिकारी र सरोकारबालाको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो ।

सरकारी अधिकारीहरूले यसबारे अनभिज्ञता प्रकट गरेका छन् ।

टिबाईसहितका तीन कम्पनीहरूले २सय मेगावाट जलविद्युत निर्माणको काम यो महिनाको अन्त्यसम्म शुरू गर्ने जनाइएको छ ।

यो परियोजना तीन वा साढे तीन वर्ष भित्र पूरा गरिसक्नुपर्ने गरी सम्झौता भएको हो ।

यो जलविद्युत परियोजनाबारे करिब १२ वर्ष अघि नर्वेली कम्पनी स्टाटक्राफ्टसँग भएको सम्झौता हुँदा ६५० मेगावाटको बनाउने गरी सहमति भएको थियो ।

करिब ५ वर्ष अघि स्टाटक्राफ्टले बजारको सुनिश्चितता नभएको भन्दै यो परियोजनाबाट आफ्नो हात झिकेको थियो ।