नेपाल र भारतीय प्रहरीको तलवमानको तुलना

नेपाल  र भारतीय प्रहरीको तलवमानको  तुलना

नेपाल प्रहरीको इतिहास कुनै उपनिवेशी शासनसत्तासँग जोडिएको छैन । तर, नजिकैको छिमेकी देश भारतको पछिल्लो प्रहरी इतिहास बेलायतसँग जोडिएको छ । भारतमा वेलायतले उपनिवेश कायम गरेपछि नै त्यहाँको प्रहरी संगठन गठन गरेको हो, जुन अद्यावधि त्यसै अनुरुप भारतीय संगठन पुनर्गठित हुँदै गएको छ ।

 प्रहरी संगठनको रचनाको हिसावले भारतको र नेपालको प्रहरी संगठन विल्कुल फरक देखिन्छ । तलब सेवा सुविधामा पनि नेपाल प्रहरी र भारतीय पुलिस फोर्समा भिन्नता छ । यहाँ भारतीय र नेपाली प्रहरीबीचको तलबमान र अन्य विषयमा संक्षिप्त जानकारी राखिएको छ । यो जानकारी भारतीय र नेपाल प्रहरीको जनपदतर्फको मात्र सूचना हो ।

नेपाल प्रहरी ः संक्षिप्त जानकारी 

नेपाल प्रहरी नेपालको गैर–सैनिक प्रहरी सेवा हो । यसको औपचारिक स्थापना वि.सं २०१२ सालको ‘प्रहरी ऐन’ जारी भएपछि असोज महिनामा भएको हो ।

प्रहरी सङ्गठनको सुरुवात

शान्ति–सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो । यसै साल चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्ति–सुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए । अगष्ट १९१४ मा चन्द्र शमशेरले अङ्ग्रेज सरकारलाई आठ हजार फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे । चन्द्र शमशेरकै शासनकालमा सन् १९२८ सम्ममा तराईका अन्य जिल्लाहरूमा पुलिस गोश्वरा, थाना तथा चौकीहरू स्थापना गर्न चन्द्र शमशेरले विभिन्न सवालहरू जारी गराए । 

सन् १९१९ (बि.सं. १९७६ पौष) को अन्त्यतिर चन्द्र शमशेरले काठमाडौं उपत्यकाको शान्ति–सुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने गरी जिल्ला–पुलिस इन्स्पेक्टर सवाल जारी गरे । यस सवालले काठमाडौं उपत्यकामा शान्ति–सुरक्षाका निमित्त एउटा सदर पुलिस गोश्वारा, छ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरियो । 

छ थानामध्ये चार थानाहरू क्षेत्रपाटी, असन, कालभैरव र जैसीदेवलमा तथा बाँकी दुई थाना ललितपुर र भक्तपुरमा एक एक खडा गरिए । बाँकी चौकीहरू उपत्यकाको शहरी क्षेत्र वरिपरि स्थापना गरिए ।

नेपाल पुलिस फोर्स गठन 

२००७ सालको क्रान्ति पश्चात नेपालका बिभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाइएको थियो । तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरिक्षकका (IGP) रूपमा नियुक्त भएका थिए । सन् १९५५ मा प्रहरी व्यवस्थामा बिद्यमान कमजोरीलाई हटाइ यसलाई सङ्गठनात्मक रूपमा सुदृढ पार्न तत्कालीन राजा महेन्द्रबाट प्रहरी सुधार आयोगको गठन भयो । यसको सुझावको आधारमा सन् १९५५ (बि.सं. २०१२) मा प्रहरी सङ्गठनलाई नेपाल पुलिस फोर्सको रूपमा बैधानिक स्वरूप प्रदान गरियो ।

पद तथा श्रेणी बिभाजन 

नेपाल प्रहरीमा राजपत्राङ्कित, राजपत्र अनङ्कित, श्रेणी विहीन र रिक्रुट गरी चार तहमा विभाजन गरिएको छ ।

राजपत्राङ्कित

प्रहरी महानिरीक्षक – (Inspector General of police)

अतिरिक्त प्रहरी महानिरीक्षक – (Additional Inspector General of police)

प्रहरी नायब महानिरीक्षक – (Deputy Inspector General of police)

प्रहरी बरिष्ठ उपरीक्षक –(Senior Superintendent of police)

प्रहरी उपरीक्षक – (Superintendent of police)

प्रहरी नायब उपरीक्षक –(Deputy Superintendent of police)

प्रहरी निरीक्षक –(Inspector)

राजपत्र अनङ्कित

प्रहरी नायब निरीक्षक – (Sub-Inspector)
प्रहरी सहायक निरीक्षक –(Assistant Sub-Inspector)
प्रहरी हवल्दार– (Head-Constable)
प्रहरी जवान– (Constable)
श्रेणी बिहीन र (रिक्रुट)
प्रहरी कार्यालय सहयोगी (परिचर तथा सयस)

नेपाल प्रहरीको तलबमान

रिक्रुट, फलोवर्स (सयस समेत) १६ हजार दुई सय ३०, प्रहरी जवान १७ हजार दुई सय ३०, प्रहरी हवल्दार १८ हजार तीन सय ४०, प्र. सहायक निरीक्षक २२ हजार एक सय ४०, प्र.ना. निरीक्षक २३ हजार पाँच सय, प्रहरी निरीक्षक ३० हजार पाँच सय, प्र. ना. उपरीक्षक ३४ हजार दुई सय २०, प्र. उपरीक्षक ३६ हजार आठ सय ३०, प्र. वरिस्ठ उपरीक्षक ४० हजार एक सय ५०, प्र.ना. महानिरीक्षक ४३ हजार दुई सय २०, प्र.अ. महा–निरीक्षक ५१ हजार चार सय २० र प्रहरी महानिरीक्षकको ५१ हजार चार सय २० रहेको छ । यसमा ग्रेड संख्या र ग्रेड दर समेटिएको छैन ।     

भारतीय पुलिस र तलबमान 

भारतीय पुलिस सेवा, जसलाई सामान्य बोलचालमा भारतीय पुलिस वा आईपीएसको नामबाट पनि जानिन्छ । भारतीय पुलिस भारत सरकारको अखिल भारतीय सेवाको एक अंगको रूपमा काम गर्दछ । जसको अन्य दुई अङ्ग भारतीय प्रशासनिक सेवा वा आईएएस र भारतीय विदेश सेवा वा आईएफएस हो जो ब्रिटिश प्रशासनको अन्तर्गत इम्पेरियल पुलिसको नामबाट जानिन्थ्यो ।

डाइरेक्टर जनरल अफ पुलिस (डीजीपी) या कमिशनर अफ पुलिस (सीपी) को तलब प्रतिमहिना भारु. ८० हजार (ग्रेड पेमेंट छैन) 

अडिशनल डाइरेक्टर जनरल अफ पुलिस (एडीजीपी) या स्पेशल कमिशनर अफ पुलिस (एससीपी) को तलब प्रतिमहिना भारु ३७ हजार चार सयदेखि ६७ हजारसम्म (ग्रेड पेमेंट १२ हजार) 

इंस्पेक्टर जनरल अफ पुलिस (आईजीपी) या ज्वाइण्ट कमिशनर अफ पुलिसको तलब प्रतिमहिना भारु. ३७ हजार चार सयदेखि ६७ हजारसम्म (ग्रेड पेमेंट १० हजार)

डेपुटी इंस्पेक्टर जनरल अफ पुलिस या अडिशनल कमिशनर अफ पुलिसको तलब प्रतिमहिना भारु ३७ हजार चार सयदेखि ६७ हजारसम्म (ग्रेड पेमेंट आठ हजार नौ सय)

सिनियर सुपरिंटेंडेंट अफ पुलिस (एसएसपी) या डेपुटी कमिशनर अफ पुलिस (डीसीपी) को तलब प्रतिमहिना भारु ३७ हजार चार सयदेखि ६७ हजारसम्म (ग्रेड पेमेंट आठ हजार सात सय)

सीनियर सुपरिंटेंडेंट अफ पुलिस (एसएसपी) या डेप्युटी कमिशनर अफ पुलिस (डीसीपी) को तलब प्रतिमहिना भारु १५ हजार छ सयदेखि ३९ हजारसम्म (ग्रेड पेमेंट सात हजार छ सय)

सुपरिंटेंडेंट अफ पुलिस (एसपी) या डेप्युटी कमिशनर अफ पुलिस (डीसीपी) को तलब प्रतिमहिना भारु १५ हजार छ सयदेखि ३९ हजारसम्म (ग्रेड पेमेंट सात हजार छ सय)

अडिशनल सुपरिंटेंडेंट अफ पुलिस (डीएसपी)को तलब प्रतिमहिना भारु १५ हजार छ सयदेखि ३९ हजार एक सयसम्म (ग्रेड पेमेंट पाँच हजार चार सय)