भारतको पञ्जाब सरकारद्वारा नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निम्तो

  भारतको पञ्जाब सरकारद्वारा नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निम्तो

काठमाडौ ।  भारतको पञ्जाव सरकारका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिख धर्मका संस्थापक गुरू नानक देवजीको ५५०औं जन्मजयन्ती समारोहको अवसरमा पञ्जाबको भ्रमण गर्न निम्तो पठाएका छन् ।

भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यसँगको भेटमा मुख्यमन्त्री सिंहले यस्तो निम्तो गरेका हुन् । 

राजदूत आचार्यले भेटमा यातायात, कृषि र पर्यटनक्षेत्रमा नेपालले लगानी लगाउने जनाएका थिए ।

नेपालले सिख गुरूको सम्मानमा सिक्का र हुलाक टिकट जारी गरेकोमा मुख्यमन्त्री सिंहले धन्यवाद व्यक्त गरेका थिए ।

मुख्यमन्त्रीले आफ्ना प्रमुख सचिवलाई नेपाली विद्यार्थीहरूका लागि कृषि तथा पशुपालनसम्बन्धी पञ्जाबको अनुभव दिन त्यहाँका विश्वविद्यालयहरूमा सीट सुरक्षित गर्न भनेका थिए ।

मुख्यमन्त्रीले नेपाली जनताको जीवनस्तर सुधार गर्न आवश्यक सक्ने जति सहयोग गर्ने विश्वास दिलाए ।

दुबैबीच भएको भेटका क्रममा प्रमुख सचिव करण अवतार सिंह र मुख्यमन्त्रीका मुख्यसचिव तेजवीर सिंहको उपस्थिति थियो ।