आईसीसी टि–२० विश्वकप क्रिकेटः नेपालको उप बिजेताको मेडल यसकारण खोसियो... 

आईसीसी टि–२० विश्वकप क्रिकेटः नेपालको उप बिजेताको मेडल यसकारण खोसियो... 


काठमाडौं, १२ साउन । आईसीसी टि–२० विश्वकप क्रिकेट एसियाली छनोटको अन्तिम खेलमा नेपाल सिंगापुरसँग पराजित भएपछि नेपालको दोस्रो स्थानको मेडल पनि खोसिएको छ । 

सिंगापुरको इन्डियन एशोसियसन मैदानमा आइतबार भएको खेलमा सिंगापुरसँग ८३ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपाललाई आयोजकले दोस्रो स्थानको मेडल लगाइदिएका थिए ।

जब नेपाललाई उपविजेताको ट्रफी दिने बेला आयो, नेपाली खेलाडीहरुले घाँटीमा लगाएको मेडल पनि खोसियो ।

समान ४–४ अंक भएपनि कतार रन रेटका आधारमा अगाडि रहेकाले नेपाललाई तेस्रो स्थानको उपाधि प्रदान गरियो । 

हतारमा नेपाललाई उपविजेता घोषणा गर्दै खेलाडीलाई मेडल लगाएपछि नेपालको मेडल खोसिएको हो ।