सत्तारुढ नेकपाको आज डाकिएको सचिवालय बैठक किन सर्यो ? 

सत्तारुढ नेकपाको आज डाकिएको सचिवालय बैठक किन सर्यो ? 

काठमाण्डौ, १२ साउन । आज डाकिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि सरेको छ ।

दिउँसो ३ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको बैठकमा पार्टी एकता र जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफल हुने नेकपाले जनाएको थियो । तर स्कुल विभागको प्रमुख कसलाई बनाउने भन्नेबारे सहमति जुट्न नसक्दा बैठक भोली दिउँसो ३ बजेका लागि स्थगित गरिएको एक सचिवालय सदस्यले बताए । 

पूर्व माओवादी र पूर्व एमालेबाट स्कुल विभागका आकांक्षी धेरै भएकोले कुन पक्षलाई संयोजक बनाउने भन्नेमा नेताहरुबिच सहमति हुन नसक्दा सचिवालय बैठक पटक पटक सर्दै आएको छ ।

स्कुल विभाग प्रमुखमा नेताहरु नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, घनश्याम भुसाल, वेदुराम भुसाललगायतले दाबी गर्दै आएका छन् ।