हिमपात र पहिरो जाने खतरा
पदयात्रामा ननिस्कन मौसमविदको सुझाव
काठमाडौं । आज बिहानैदेखि देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
।मध्य र पश्चिममा केही ठाउँमा भने ठूलो पानी पर्नुका साथै भारी हिमपात पनि हुनेछ । हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात र हिम पहिरो जाने खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
बाढी पूर्वानुमान शाखाले सूचना निकालेर उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो वर्षा हुन सक्ने भएकाले हिमपहिरो र पहिरो जानसक्ने भन्दै ती क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ । पर्सि शनिबारसम्म देशभरका धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले केही दिन पदयात्रामा ननिस्कन मौसमविद्ले सुझाव दिएका हुन् ।
आइतबारदेखिमात्र सुधार हुने देखिएको छ ।
प्रतिक्रिया