चुनाव प्रचारमा इजरेली प्रधानमन्त्री नेतान्याहूले मोदी र ट्रम्पको पोस्टर लगाए

चुनाव प्रचारमा इजरेली प्रधानमन्त्री नेतान्याहूले मोदी र ट्रम्पको पोस्टर लगाए

काठमाडौ । इजरायलमा नयाँ सरकार बनाउन नसकेपछि सेप्टेम्बरमा हुने नयाँ चुनावको प्रचारमा इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्विरलाई पोस्टरको रूपमा लगाएका छन् ।

इजरेली पत्रकार अमिचाई स्तीनले सार्वजनिक गरेको फोटोमा यस्तो देखिएको छ ।

इजरायलमा १७ सेप्टेम्बरमा चुनाव हुने भएको छ ।

त्यस चुनावमा प्रधानमन्त्री नेता न्याहूले जनतालाई आफ्नो सम्बन्ध बलिया राष्ट्रका नेतासँग राम्रो रहेको दर्शाउन चाहेका छन् ।

इजरायलमा सबैभन्दा बढी समयसम्म प्रधानमन्त्री रहेको रूपमा नेतान्याहूले रेकर्ड बनाइसकेका छन् ।

नेतन्याहूले सन् २०१९मा मोदीले चुनाव जितेपछि पहिलो नेताको रूपमा बधाई दिएका थिए ।

भारत र इजरायल बीच हालका वर्षहरूमा  आर्थिक, सैन्य र रणनीतिक  क्षेत्रमा दुई पक्षीय सम्बन्ध बलियो बन्दै गएको देखिएको छ ।

गएको अप्रिलमा भएको चुनावबाट त्यहाँका दलहरूलाई सरकार बनाउन आवश्यक पूर्ण बहुमत प्राप्त नभएपछि सेप्टेम्बरमा अर्को चुनाव गर्न लागिएको हो ।