गएको बाढीबाट चार देशका अढाई करोड मानिस प्रभावित
काठमाडौ । एक साता अघि गएको बाढीबाट नेपाल, म्यानमार भारत र बंगलादेशका गरी अढाई करोड भन्दा बढी मानिस प्रभावित भएको र कम्तीमा ६सय जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय प्रतिवेदनले जनाएको छ ।
ती मध्ये ५ लाख भन्दा बढी विस्थापित हुन पुगेको राष्ट्रसंघीय महासचिवका उपप्रवक्ता फरहान हकले जनाए ।
यो बाढीबाट कम्तीमा ६सय जनाको ज्यान गइसकेको छ ।
नेपालमा ६८ हजार ६६६ जान अस्थायीरूपमा विस्थापित हुन पुगेका छन् । ती मध्ये २८ हजार ७०२ जना बालबालिका रहेका छन् । बाढीमा ज्यान गुमाएका ८८ जना मध्ये ४७ जना बालबालिका रहेका छन् । ती मध्ये १५ बालिका र ३२ जना बालक रहेका थिए ।
भारतको सर्वाधिक प्रभावित प्रान्त असाम, बिहार र उत्तरप्रदेशमा त्यहाँको सरकारसँग राष्ट्रसंघीय नियोग युनिसेफले मिलेर काम गरिरहेको उनले जनाए ।
भारतमा १ करोड भन्दा बढी मानिस प्रभावित भएका छन् ती मध्ये ४३ लाख बालबालिका रहेका छन् ।
बंगलादेशमा ४०लाख मानिस प्रभावित भएका छन् ।
प्रतिक्रिया