अमेरिकी राजदूत भन्छिन् – ‘रूसलाई झापड हान्नुपर्छ’
संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलीले रूस कहिल्यै अमेरिकाको मित्र नहुने भएकाले परेका बेला उसलाई झापड हान्नुपर्ने बताएकी छिन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई धारेधात लिदैं आएको बताउँदै उनले भनिन् “पूर्व राष्ट्रपति रोनाल्ड रेगन यता ट्रम्पको टोलीले मात्रै रूसको विरूद्ध काम गरेको छ । अन्यले रूसको विरूद्धमा केही गरेका छैनन् ।”
नर्थ क्यारोलिनास्थित डयुक युनिभर्सिटीमा बोल्दै हेलीले यस्तो बताएकी हुन् ।
तर, सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनमा रूसले गरेको गडबडीका बारेमा केही नगरिएको भनी सोधिएको प्रश्नमा उनले भनिन्, “शब्दमा होइन व्यवहारमा हेर्नुस, हामीले कूटनीतिक आवरणमा आएका ६० रूसी जासुस फिर्ता गरेका र्छौ । युक्रेनमा हामी सेना तयार गरेका र्छौ ।”
रेगन यता ट्रम्पले काम गरेको उनले दाबी गरिन् ।
प्रतिक्रिया