आवासीय क्षेत्रमा पाकिस्तानी सेनाको विमान दुर्घटना हुँदा १५को मृत्यु

 आवासीय क्षेत्रमा पाकिस्तानी सेनाको विमान दुर्घटना हुँदा १५को मृत्यु

काठमाडौ । पाकिस्तानको रावलपिण्डी शहर नजिकको एक आवासीय क्षेत्रमा पाकिस्तानी सेनाको एक विमान दुर्घटनाग्रस्त हुँदा १५ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान भएको दुर्घटनामा फसेकाहरूको उद्धार कार्य भइरहेको जनाउँदै एक उद्धारकर्मीले यो जानकारी दिएको हो ।

१० नागरिक र ५ जहाजकर्मीसहित १५ शव निकालिएको उद्धारकर्मी प्रवक्ता फारूक बटले जनाए । उनका अनुसार १२ जना घाइते रहेका छन् ।

यो विमानको पुच्छर र पखेटा भवनमा ठोक्किएर दुर्घटना भएको तत्काल जनाइएको छ ।