सरकारले चीनसँगको पारवाहन सम्झौतामा चासो देखाएन

सरकारले चीनसँगको पारवाहन सम्झौतामा चासो देखाएन

काठमाडौ । सरकारले चीनसँगको पारवाहन सम्झौता अगाडि बढाउने प्रक्रियामा चासो नदेखाएको देखिएको सरोकारबालाहरूले बताएका छन् ।

बैशाखमा राष्ट्रिपति विद्यादेवी भण्डारीले चीनको भ्रमण गरेका बेला प्रोटोकलमा हस्ताक्षर भएयता त्यसलाई बढाउने काम कुनै पक्षबाट गरिएको देखिएको छन् ।

पारवहन तथा यातायातसम्बन्धी नेपाल भारतबीच तीन महिना अघि भएको सम्झौताका लागि गर्नुपर्ने कार्य नेपालको तर्फबाट देखाउनु पर्ने तदारूकता देखाएको पाइएन् ।

यो सम्झौतामा उल्लेख भएको प्रावधान अनुसार दुबै पक्षले यो सम्झौता कार्यान्वयन गराउन तयारीको पत्र एक अर्कालाई बुझाएको एक महिनापछि यो सम्झौत कार्यान्वयनमा आउनेछ ।

यो सम्झौतामा चीनले नेपाललाई तीनवटा बन्दरगाह र एक स्थल बन्दरगाहको उपयोग गर्न अनुमति दिएको उल्लेख छ ।

तियान्जिन, शेनझेन, लियुङगाङ र झाजियाङ सामुद्रिक बन्दरगाह र लानझाउ ल्हासा र सिागात्सेको स्थल बन्दरगाह उपयोग गर्न पाउने सो सम्झौता कार्यान्वयनमा काम अघि बढेको छैन् ।

सरकारी अधिकारीहरूका अनुसार सम्झौतमा दुबै पक्षले गर्ने भनिएपनि खाँचो परेको पक्षले बढी तदारूकता देखाउनुपर्ने हुन्छ ।

त्यस्तो तदारूकता नेपालले नदर्शाएपछि चीनले किन टाउको दुखाउन तदारूकता देखाउन आउँछ ।

पछिल्लो केही दिन यता  उद्योग वाणिज्य आपूर्ति मन्त्री मात्रिका यादवले केही चासो देखाएको देखिएपनि त्यो ढिला भएको मन्त्रालयका अधिकारीहरूको भनाइ रहेको छ ।

यो सम्झौतामा तयारी रहेको पत्र पठाउन अघि कृषि मन्त्रालय, कानुन तथा न्याय मन्त्रालय, भौतिक तथा पूर्वाधार मन्त्रालयहरूको तर्फबाट सम्झौता कार्यान्वयनका लागि  तयारी अवस्थामा रहेको जानकारी प्राप्त गर्नुपर्ने हुन्छ ।

यस्तो विषयमा मन्त्रालयहरूमा खासै चासो नभएको देखिएको मन्त्रालय स्रोतले जनाएको छ ।

मधेशवादी दलहरूले गरेको आन्दोलनलाई निहुँ बनाएर अनौपचारिक नाकाबन्दी सीमामा भारतले लगाएपछि चीनको भ्रमणका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग पारवहन तथा यातायात सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तीन वर्ष अघि गरिएको त्यो सम्झौता कार्यान्वयनमा यस्तो ढिलाइ भएको हो । त्यसको दुई वर्ष पछि त्यसको प्रोटोकलमा राष्ट्रपति भण्डारीको भ्रमणका बेला भएको थियो ।