व्यंग्यः स्कूल विभागमा मल्लयुद्ध !

व्यंग्यः स्कूल विभागमा मल्लयुद्ध !

साइँला भाइ 

साविक माओवादीका नारायणकाजी श्रेष्ठले भने, ‘मलाई यहि विभाग चाहिन्छ ।’

साविक एमालेका पूर्व महासचिव इश्वर पोखरेलले प्रतिप्रश्न गरे, ‘यहि विभाग भनेको के हो ? कुन हो ? नाम त हुन्छ नि विभागको ?’

‘मैले भनि सकेको छु । त्यै विभाग भनेर ।’ कतिपल्ट दोहो¥याउनु ? काजीले प्रत्युत्तर फर्काए ।

‘मलाई त्यै केटी चाहिन्छ... भन्ने गीत जस्तो एहि चाहिन्छ, उहि चाहिन्छ गाएर मात्र हुँदैन । कुन केटी हो, कति लक्षणले युक्त हो, कुन कुल घरानाकी हो त्यो थाहा पाउनु प¥यो । अनिमात्र अविभावकलाई जानकारी हुन्छ र यसो विहेवारीको चटारो मिल्छ । उहिले शुशिल कोइरालाले ‘उ’ गरेर ‘उ’ गर्नु पर्छ भन्थे त्यस्तै कुरा भयो । के हौ त्यहि विभाग ? नाम त होलानी ?’ पोखरेलले प्रश्नै प्रश्न थोपरे । 

काजीले प्वाक्क मुख खोले, ‘स्कूल विभाग ।’

‘ए, त्यो विभागको हकदार त म हुँ । मेरो त्यसमा एक प्रकारको मोहियानी लागेको छ ।’

‘एमालेको मोहियानी नेकपामा खोजेर मिल्दैन इश्वर कण ।’ काजीले पनि ठाडै जवाफ फर्काए ।

‘साविक माओवादीले पनि जे पायो त्यो खोजेर पाइन्न काजी कण । पाहुना लाग्नेले घरवालाले जे दिन्छन त्यसैमा सन्तोष मान्नु पर्छ ।’ पोखरेलले काजीको ‘हैसियत’ बुझाउन खोजेखोजे जस्तो गरे ।

काजी पोखरेलको विवाद बढ्दै गयो । यि दुइ भाइको विवाद कुनामा बसेर सुनि रहेका तेस्रो तरेलीका नेता योगेश भट्टराइले भने, ‘यो विभाग घनश्याम भुसाल कणलाई दिनु उचित हुन्छ । माक्र्सवाद, समाजवाद, जनवादको राम्रो ज्ञान उनैलाई छ । पार्टी कसरी उम्रिन्छ, हुर्किन्छ र मर्छ भन्ने विषयमा पनि अत्यन्त राम्रो जानकारी छ ।’

भट्टराईको छेवैमा वसेका माओवादी, नयाँ शक्ति हुँदै आएर हालै काठमाण्डु जिल्लाको सह–इन्चार्ज बनेका कुमार पौडेलले मुख खोलेरै भने, ‘राम कार्की ‘पार्थ’ लाई स्कूल विभागको हेड मास्टर बनाउनु उचित हुन्छ । उनलाई सोभियत, चिन, हिन्दचीन, कोरिया र क्युवाको पनि ज्ञानगुन छ । चे ग्वेभारको विषयमा ‘क’ देखि ‘ज्ञ’ सम्म थाहा छ । उनी बसेको घर जाने बाटोको बिजुलीको खम्बामा चे को फोटो नै टाँसेका छन् ।’

‘माक्र्सवाद, समाजवाद, जनवाद सिकाउने, सोभियत, चीन, कोरिया, क्युवा, चे, माओ देखाउने यो विभाग होइन । यस्ता कुरा आजकाल, पुस्तक, वेभसाइट, युट्यूवमा भरमार पाइन्छ । जान्न चाहनेले त्यहिँबाट सिके भैहाल्छ । यो त सेनाको आर्मी स्टाफ कलेज जस्तो हो । कसरी दूश्मन पार्टीलाई पाहा पछारे जस्तो पछार्न सकिन्छ । चुनाउमा जोरीपारी शक्तिलाई हराउने, आफ्नै पार्टी भित्रका भाले मुङ्ग्रोहरुलाई चुनाउमा सहयोग गरेजस्तो गरेर सेण्टिफ्ल्याँट बनाउने कला सिकाउने विभाग हो ।’ पोखरेलले स्कूल विभागको खसोखास कुरा बताए ।

‘हामीलाइ यो मान्य छैन् । हामी सिद्धान्तलाई व्यवहारमा क्रियान्वन गराउन चाहान्छौं । माक्र्सवाद, लेनिनवाद, माओ विचारधारा, २१ औं शताब्दीको जनवादका आधारमा जनताको जनवाद पढाउन चाहान्छौं । त्यसो गरे कसो होला ।’ काजीले सिद्धान्तनिष्ठ कुरा तोपे ।
‘कता राजाराम कता गंगु तेली भने जस्तो । केको माक्र्सवाद जबजका अगाडि ? जबज कण्ठस्त छ हाम्रा कार्जेकर्तालाई । बाहुनलाई लघु कौमुदी कण्ठस्त नहोला । हाम्रा कार्जेकर्तालाई जबज गेडो नविराई आउँछ । यहाँ भन्दा धेरै पढ्यो भने त खुस्किन्छ तन्तु ।’ पोखरेलले विभागको सार खिचे ।

‘हैन, हैन सिकाउनै पर्छ । अझैपनि संघियता, गनतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लागु भैसकेको छैन । खतरामा छ यो जन्तु भने जस्तै हो । साम्यवादी अन्तराष्ट्रियतावाद नबुझ्दा होली वाइन खानु प¥यो । रहरले खाको हो यो होली वाइन ? थाहा नपाएर खानु परेको हो । साम्यवादको ओखतीमुलो थाहा नपाएपछि यस्तै वाइन पिउँछन् । तिनलाई होली वाइन नखाउ साम्यवादी प्राङ्गारिक मोही खाउ भनेर पढाउनु परेन ?

हिन्द–प्रशान्त रणनीति नबुझ्दा जहाज आउने सपना शिवविँडी हुनसक्छ । विआरआई नबुझ्दा रेल आउने विपना सुलिफ्याँत हुन्छ । यो विषयमा हाम्रो साविक पार्टीले मात्र बुझेको छ । यसकारण यो विभाग हाम्रो पार्टी अन्तरगत मेरो भागमा परेमात्र देशले गति लिन्छ नत्र दूर्गति हुन्छ । इस्कूल भनेको साक्षर बनाउने हो । सिद्धान्त, दर्शन राजनीतिमा साक्षर बनाउने हो ।’ करिवकरिव कुराको विट मार्न खोजे काजीले ।

‘अब यिनले नेकपालाई आफु जस्तै हरुवा बनाउने भए । देशभर लहर चलेको बेलामा गोर्खामा कम्युनिष्ट पार्टी छोडेका बाबुरामबाट हारेकाले के दर्शन राजनीति सिकाउने हुन । उही चुनाउ कसरी हार्ने भन्ने त सिकाउने होलान ।’ सुस्केरा हाल्दै पोखरेल बाहिर निस्के ।
‘गठबन्धन नभाको भए यिनले पनि खुबै जित्थे होलान काठमाण्डौबाट ? यसअघि कतिपटक हारे भन्ने हाम्लाई पनि थाहा छ ।’ काजी पनि कुराको पैंचो फर्काएर दर्गदिशा लागे । समयबद्ध साप्ताहिकबाट