अझै किन भूमिगतकाल सम्झिरहन्छन् बाबुराम ?

अझै किन भूमिगतकाल सम्झिरहन्छन् बाबुराम ?

काठमाडौं । १० वर्षे जनयुद्ध हाँकेको तत्कालिन नेकपा (माओवादी) पार्टी परित्याग गरी नयाँ शक्ति पार्टीबाट उपेन्द्र यादवको संघीय समाजवादीमा लागेका डा. बाबुराम भट्टराईले भने यतिबेला पुरानै युद्धका दिनको सम्झना गरेका छन् ।

जनयुद्ध हाँकेको पार्टी त्यागेपनि सायद बाबुरामको आत्मालाई अझै त्यो पार्टी र त्यसले प्राप्त गरेका उपब्धिहरुको पक्कै मायाँ लागेको होला । त्यसैले त उनी बामपन्थिको साइनो सपेटो चटक्कै भुलेर अर्के बाटो लागिसक्दा पनि जनयुद्धका ती दिनको सम्झना गर्न भने छोड्दैनन् । 

यसै सन्दर्भमा भट्टराइले भूमिगतकालमा आफुले पत्नी हिसिला र छोरी मानुषीसँगै खिचेको तस्वीर भर्खरै समाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । उनले यो तस्वीर जनयुद्धको सम्झनामा पोष्ट गरेका हुन् या जनयुद्धको तिरस्कारमा त्यो भने उनले प्रस्ट्याएका छैनन् ।