विवादित विषयमा अध्यक्षद्वयलाई निप्ट्याउने जिम्मा कार्यदलको

विवादित विषयमा अध्यक्षद्वयलाई निप्ट्याउने जिम्मा कार्यदलको

काठमाडौं । प्रदेशमा १० प्रतिशत सदस्य थप्नेबारेमा कार्यदलका सदस्यबीच मतैक्यता नभएपछि यसबारेको टुङ्गो लगाउने जिम्मा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई नै दिने भनेर अध्यक्षहरुलाई प्रतिवेदन बुझाइएको छ र सचिवालयलाई बुझाउने तयारी भएको कार्यदलका एक सदस्यले झिल्कोलाई बताए ।

१० प्रतिशत थप्ने विषयमा विवाद देखिएकाले कसरी जाऔं भनी अध्यक्षद्वयसँग सोध्दा यसलाई यत्तिकै छाडेर सहमति भएका विषयलाई दिनू भनेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । 
 
पोलिटब्युरो सदस्य बनाउने, दुई जनसंगठन मिलाउने लगायतको कार्यादेश कार्यदललाई भए पनि केही सदस्यले १० प्रतिशत थप्ने विषयमा मात्र अड्डी लिएका थिए ।  

नौ सदस्य जम्बो कार्यदल बन्दा नै यसलाई पार्टीभित्र नै अनावश्यक मानिएको थियो । जति विवादित विषय छन् मुलतः दुई अध्यक्षले नै सम्बोधन गरेपछि मात्र समाधान गरिनुपर्नेमा कार्यदल बनाएर पञ्छाउनु नै समय घर्काउने मात्र काम भएको धेरैले अभिव्यक्ति दिएका थिए । 

दुई अध्यक्षले समस्याको गाँठो नफुकाएसम्म कार्यदल सर्वसम्मत भएर प्रतिवेदन दिंदा पनि त्यसको कार्यान्वयन हुँदैन । फेरि कार्यदल अध्यक्षद्वयको अंगभन्दा वाहिर थिएन  र होइन । अध्यक्षद्वयलाई ‘क्रस’ गरेर प्रतिवेदन दिनै सक्तैन कार्यदलले । 

यसबारेमा राम्रो जानकारी भएका नेताहरुले सार्वजनिक रुपमा मिडियामा आफ्नो असन्तुस्टि पोखिरहेका छन् । 

यसले पार्टीभित्र अविश्वासलाई नै बढावा दिनेछ ।