संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराई नियुक्त

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराई नियुक्त

काठमाण्डौ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको संस्कृति  पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराईलाइ नियुक्त गरेका छन् ।

बुधबार दिउँसो   भट्टराईले सपथ लिए  । 

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा गएको फागुन १५ मा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै आएका थिए ।

सपथ लिएपछि भट्टराईले भने“ मन्त्रालयको गरिमालाई माथि उठाउने प्रतिवद्धता म व्यक्त चाहन्छु । यो मन्त्रालय सम्हालेका जति पनि अग्रजहरु हुनुहुन्छ, उहाँहरु सबैसँग आवश्यक राय सल्लाह लिएरै म अगाडि बढ्नेछु । मन्त्रालयको काममा आवश्यकता अनुसार उहाँहरुको सहयोग लिनेछु । ”